समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

नव निर्मित प्रहरी भवन समुद्घाटन (हेर्नुेहोस् १० तस्बिरमा) 

ललितपुर, पुस ११ । नेपाल सरकारको श्रोत तथा स्थानिय जनसहयोगमा महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुरको नव निर्मित प्रहरी भवन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट समुद्घाटन सु-सम्पन्न भएको छ ।100105

उक्त कार्यक्रममा माननिय संसद चन्द्र मर्हजन, सिद्धीलाल सिंह, पुर्वमन्त्री वुद्धीराज बज्रचार्य, पुर्व मुख्यसचिव तिर्थमान शाक्य, संस्कृतविद सत्यमोहन जोशी, प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, प्रहरी नायब महानिरीक्षकद्धय प्रकाश अर्याल, मिङमार लामा, नि. प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, परिसर प्रमुख प्र.व.उ. पिताम्बर अधिकारी, स्थानिय विकास अधिकारी, ललितपुर उमनपा कार्यकारी अधिकृत ललितपुर उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानियवासी, बुद्धिजिवी, समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।060204

भवन निर्माण सम्बन्धी सम्पुर्ण प्रतिवेदन भवन निर्माण समितिका अध्यक्ष अजरमान जोशीले प्रस्तुत गर्नु भएको थियो ।030807

संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षकज्यूबाट प्रहरी जनताको विश्वास र भरोसाको केन्द्र विन्दुमा रही समाजमा शान्ति सु व्यवस्था कायम राख्दै अनुसन्धान प्रक्रियालाई अझै वैज्ञानिक एवं प्रभावकारी ढंगबाट अगाडी बढाउदै समाजमा रहेका विद्यमान कुरितीहरुलाई हटाउनु सक्ने हुनु पर्ने निर्देशन दिनु भएको थियो । उक्त कार्यक्रम १०:३० बजेको समयमा सु:सम्पन्न भएको थियो ।09

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु