समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

गीत संगीत क्षेत्रबाट आफुलाई चिनाउन चाहन्छु: बिदुर घिमिरे 

रामचन्द्र मिश्र,

२०७३ पुस ११ |

२०५० साल माघ १० गते ललितपुरको दुर्गम क्षेत्र चन्दनपुर गाविसमा जन्मनु भएका गायक विदुर घिमिरेलाई “म मरेर तिमिलाई खुसी मिल्छ भने” बोलको गितले चर्चामा ल्यायो । बाल्यकालकाे सानै उमेरमा बुबाको देहवसान भएपछि आमाको काखमा हुर्कनु भएका घिमिरे बुबाको न्यानो मायाबाट बञ्चित हुनुभयो ।सात वर्षसम्म मामाघरमा बसेर हुर्कनु भएका घिमिरेले बुबाको स्नेह र मायाकै अभाबका कारण समाजमा केहि गर्ने चाहाना राख्नुभयो र गितसंगित क्षेत्रमा लाग्नुभयो ।bidur-sir0

सानैदेखि गितसंगित क्षेत्रमा रुचि राख्ने घिमिरे चार वर्षदेखि गितसंगित क्षेत्रमा उदाउदै गरेमा युवा हुनुहुन्छ । धेरैजसो घुम्न मन पराउने गायक घिमिरेका दुखाई, मनको मलम,जहार जस्ता एल्वम बजारमा आईसकेका छन् ।

चौथो एल्वम बजारमा ल्याउने तयारीमा रहेका घिमिरे हिजोआज “जतिसक्छौ धेरै कमाएर हेर, झस्केर मस्केर, सम्झना गाढा छ , जस्ता चर्चित गितहरुको भिडियो सुटिङमा व्यस्त रहेका छन् ।
उनका यि भिडियोहरु एक महिनापछि बजारमा आउदैछन् । प्रायजसो सेन्टिमेन्टल खालका गित गाउने घिमिरे गित लेख्ने, डाइरेक्सन गर्ने र संगित भर्ने काम पनि गर्नुहुन्छ । आफुलाई संगितबाटै चिनाउन चाहने गायकका आगामि दिनहरु उज्वल बनुन हाम्रो कामना ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु