समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

कृष्णको “परदेशीको पिडा”ले दर्शकको माया बटुल्दै 

पोखरा, पुस १२ । परदेशमा जाने र अर्कोको गुलामी भै काम गर्नु पर्ने हामी नेपालीहरुको बाध्यता हो विवश्ता हो । धन कमाएर नेपाल फर्के पछि सुखी जीवन बिताउला भन्ने सोच प्रत्येक परदेशीएका नेपालीहरुको हुन्छ ।

केहि साथीहरूले परदेशमा गएर नेपालमा घर व्यवहार राम्रैसँग चलाई राख्नु भएको छ भने कति साथीहरूको घरबार बिचल्ली भएको पनि हामी देख्न सक्छौ ।jpt

जब श्रीमान् आफ्नो श्रीमती र घरपरिवारलाई सुख दिने हेतुले परदेश छिरेको हुन्छ तेहि बेला यता श्रीमती भने छोराछोरीलाई घरैमा छोडेर पराईसँग भागी दिंदा त्यो श्रीमानलाई त्यहाँ भन्दा पिडा अरु के हुन सक्छ ?

यस्तै यस्तै भावमा समेटेर बनाईएको गीत हो “परदेशीको पिडा”……!

तिम्रो पाइला मोडियो पराईमा छोरा छोरी छोडेर घरैमा अझै माया मनमा सांच्याछु । अर्कैसँग गयौ हात समाउदै म त रुदै रुदै बांच्याछु ।

पोखरामै रहेर पनि पछिल्लो समयमा आफुलाई बहुप्रतिभावान कलाकारको रुपमा चिनाउन सफल गायक,सर्जक तथा म्युजिक निर्देशक कृष्ण सुवेदी र सावित्री जोसीको सुमधुर आवाजमा उत्कृष्ट लोक दोहोरी गीत “परदेशीको पिडा” बजारमा आएको छ ।

आफ्नै जिवनमा आधारित कृष्ण ढुंगानाको कोसेली र आशिष म्युजिक प्रा.लि को प्रस्तुतिमा रहेको यस गीतको शब्द सृजना कृष्ण ढुंगानाले गरेका छन भने लय कृष्ण सुवेदीले बनाएका हुन् ।

कृष्ण सुवेदी आफै निर्देशन गरेको यस गीतमा सुवेदी संयम आफै र पवित्रा अनि नविनलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ एकता फिल्मस प्रा.लि को दृश्य निर्माणमा बनेको यो भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु