समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

अष्ट्रेलियामा एक नेपाली युवकको डुबेर मृत्यु 

काठमाडौँ, पुस ११ । अष्ट्रेलियामा एक नेपाली युवकको पानीमा डुबेर मृत्यु भएको छ ।sujan-adhikari

आइतबार क्रिसमसको अवसरमा साथीहरुसँग पिकनिक खान रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

उनी हर्स्भिलको क्विन स्ट्रिटमा बस्दै आएका थिए । काठमाडौंको कीर्तिपुर घर भएका अधिकारी अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका थिए ।

यसैबीच अधिकारीको निधनप्रति गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले शोक व्यक्त गरेको छ ।

अध्यक्ष सुरेन्द्र सिग्देलले एक विज्ञप्ति प्रकाशित गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवाजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

मृतक अधिकारीको शव नेपाल पठाउन एनआरएनले पहल गरिरहेको पनि उनले बताए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु