समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

नेपाल बैँकका प्रबन्धक घिमिरेको मृत्यु 

झापा, पुस ११ । नेपाल बैंक लिमिटेड (Nepal Bank) बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गए राति लडेर मृत्यु भएको छ ।nepal bank

गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए । बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्ता्सिटी हस्पिटल पु¥याइए पनि उनको अस्पताल पु¥याए लगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

४१ वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए ।

काठमाडौँ स्थायी घर भएका उनी बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत रहेका थिए । रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु