समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

नेपाललाई पर्यटकको खाँचो छ त्यहाँ जानुस् : ​नेशनल जियोग्राफी 

एजेन्सी । नेशनल जियोग्राफिकले नेपाल भ्रमणका बारेमा एक यात्रा संस्मरण प्रकाशित गरेको छ । ‘तपाई किन अहिले नेपाल भ्रमणमा जानुपर्छ ?’ भन्ने शिर्षकमा एक यात्रा संस्मरण प्रकाशित गरेको हो ।nepal-mountains

वैशाख १२ को भूकम्पको कारण नेपाल भ्रमण गर्ने आशा मार्नु भएको भए फेरी एक पटक सोच्नुस् भन्दै नेपाललाई यो समयमा पर्यटकको खाँचो भएको नेशनल जियो ग्राफिकले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।

भूकम्प अघि वार्षिक ८००,००० पर्यटक भित्रिने गरेको र जसले कुल ग्राहस्थ उत्पादनमा ८.९ प्रतिशत योगदान दिएको उल्लेख गर्दै नेपाल इतिहास, सत्कार र सुन्दरतामा अहिले पनि उत्तिकै धनी रहेको विश्वास गर्न आग्रह समेत गरेको छ।

नेपाल संस्कृतिको धनी रहेको, प्यागोडा शैलीका मन्दिरहरु, काठमा कुँदिएको नेवारी संरचना (काठमाडौँ), सडकको हल्लाखल्ला, अनि विशाल हिमालको देश भएको उल्लेख गरेको छ।

नेपाल विश्व सम्पदा सूचीमा सूचिकृत १० सम्पदाको घर रहेको समेत लेख्दै काठमाडौं, भक्तपुर र ललितपुरका दरबार स्वायरको वर्णन गरेको छ।

विश्वको १४ अग्ला पहाड नेपालको उत्तरी सीमामा रहेको लेख्दै पोखरा, जोमसोम अनि मुस्ताङको वयान गरेको छ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु