समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

बैतडीमा स्वास्थ्य बीमा आजदेखि 

बैतडी, पुस ७ | बैतडीमा पहिलोपटक आज बिहिबारदेखि स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने भएको छ। सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताए। कैलाली, बाग्लुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने उनले जनाए।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु दुई हजार पाँच सय जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार उपचार निःशुल्क रुपमा प्राप्त गर्ने निर्देशक लोहनीले बताए।

यस्तै, पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा रु. चारसय २५ का दरले थप शुल्क तिर्नुपर्ने उनले जानकारी गराए।

बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनौट गरिएको र उनीहरुले प्रत्येक घरदैलोमा गएर स्वास्थ्य बीमाका बारेमा जानकारी गराउनाका साथै सदस्यता वितरण गर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ। पुस महिनाभरि दर्ता भएकाले फागुनदेखि स्वास्थ्य बीमाको सेवा पाउने बताइएको छ।

– रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु