समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

ललितपुरबासीलाई खुसीको खबर ! 

nagarpalikaललितपुर । ललितपुर उपमहानगरपालिकाले आफनो ९८ औ स्थापना दिवसको अवसर पारेर विद्युतिय नक्सा पास प्रणालीको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाले शनिवार विशेष कार्यक्रमको आयोजना गरि यसको शुभारम्भ गरेको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेका अनुसार अव नगर क्षेत्र भित्र नक्सा पासका सबै काम विद्युतिय प्रणाली मार्फत सञ्चालन गरिने छ ।

nagarpalika1नगरबासिलाई छिटो छरितो सेवा उपलब्ध गराउने उदेश्यका साथ यसको शुरुवात गरिएको अधिकृत पाण्डेले बताए । स्थापना दिवसको अवसर पारेर उपमहानगरपलिकाले हाम्रो ललितपुर नामक मोवाइल एप्स पनि सार्वजनिक गरेको छ । यो एप्सबाट नगरबासिले नगर क्षेत्रका सबै गतिविधिहरुका साथै फोहोर मैला उठाउने, नगर प्रहरीसँग समन्वय गरेर नगर क्षेत्र भित्र भएका घटनाहरुको बारेमा जानकारी गराउन सक्ने बताइएको छ ।

अधिकृत पाण्डेका अनुसार यो सबै कामका लागि युएनडिपिको प्राविधिक सहयोग लिइएको छ । उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर नगरपालिकाका दिर्घ सेवा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संसद सदस्य मदन वहादुर अमात्यले सम्मान गर्नु भएको थियो । महानागरको स्थापना दिवसको अवसर पारेर शनिवार विहान साइकल ¥यालीको समेत आयोजना गरिएको थियो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु