समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको साधारण सेयर निश्कासन गर्ने 

काठमाडौं, पुस ६ । हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको १६ औँ वार्षिक साधारणसभाले रु २४ करोड ७५ लाख बराबरको २४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयवासीलाई निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।himalya-urja-bikash-foto_1

कम्पनीले एक महिनाभित्र बिक्री प्रबन्धक नियुक्त गरेर सेयर निष्कासनको काम अघि बढाउने आयोजनाका प्रबन्धक प्रकाश दुलालले बताए । उनका अनुसार रु नौ करोड ९० लाख बराबरको नौ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई दिइनेछ भने रु १४ करोड ७५ लाख बराबरको १४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिनेछ ।

कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको माथिल्लो खिम्ती आयोजना निर्माण गरिरहेको छ । दुवै आयोजना बनाउन रु तीन अर्ब १५ करोड लाग्ने छ । आयोजनाको सिभिल निर्माणको काम तीव्र गतिमा अघि बढेको प्रबन्धक दुलालले बताए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्तीखोलामा आयोजना निर्माण भइरहेको छ ।

– रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु