समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

राष्ट्र बैंकले दुई हप्ताका लागि ३ अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै 

काठमाडौँ,पुस ५ । नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ । मंगलबारदेखि लागू हुने गरी बैंकले दुई हप्ताका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो ।

१४ दिनसम्म निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भन्दै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मंगलबारदेखि अपरान्ह दुई बजेसम्म अनलाईन विडिङ् सिस्टम सफ्टवेरमार्फत बोलकबोल हुने जानकारी दिएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले साँवा तथा ब्याज भुक्तानी भने यही पुष १९ गते गर्ने भएको छ ।

धितो सम्बन्धी व्यवस्थाका लागि केन्द्रीय बैंकले सोही बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने समेत व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने निक्षेप संकलन बोलकबोलमा ब्याजदर भने ०.८६०९ प्रतिशत तोकेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु