समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

सम्पति चिन्न नसकेको सरकार । 

chiranjivi-neupane

चिरन्जीवी न्यौपाने

काठमाडौँ,पुस ४ । साच्चै माहान हाम्रा त्यी पुर्खा ,जसले विभिन्न चरणका कम्पन ,पराकम्पन देखि प्राकृतिक विपत्ती हुदैँ कैयन अफठ्यारोहरुलाई छिचोलेर हाम्रा लागि ,हाम्रा आउने पुस्ताका लागि सम्पदाको निर्माण ,पुन निर्माण हुदैँ संरक्षण एवम सम्बर्धन गरे ।

जस्तो सुकै गरिबि अफठयरोपन कठिनाई झेल्न परेर पनि उनीहरुले सम्पदा निर्माण गर्दै गए ,आफ्ना विशिष्ट पहिचानहरुलाई जोगाउदै गए । साथ साथै सस्कृती र सभ्यतालाई समेत जोड्ने सेतुको रुपमा पुर्वाधारहरु विकास गरे ।

आज सन् २०१६ को समय सम्म आईपुग्दा सूचनाको पहुच राख्न सक्ने जति सबै मानिसहरुलाई नेपाल र नेपालीका स्वभावलाई ह्दयंगम गर्ने खालका विशिष्ट सम्पति जोरे र आज हामी त्यी सम्पतिहरुलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्दै दंग छौँ । जति विदेशीहरुले पहिचान गरे , त्यत्ती मात्रै संरक्षित छन्, तर नेपालको तर्फबाट खोजी गर्नु पर्ने सम्पदाहरु धेरै छन् । त्यस्ता अनेक ठाउँ छन्, जसको सुचिकृत गरि अभिलेख राख्ने न त सरकारी आखाँहरु छन् न त झण्झट झेल्ने सरोकार वालाहरुको तागत छ । जसरी उत्तरदायि सन्तानहरुले आफ्ना कुलको नाम शुद्ध राखि राख्न कोसिस गर्छ , त्यसै गरि उत्तरादायि सरकारले आफ्नो देशको सम्पदाको संरक्षण र सहि अभिलेख राख्छ ।

पिडाले छटपटाहाट त्यति बेला हुन्छ्,जब एउटा संर्घषशिल बुबाको प्रेरणा लिएर सम्पति आर्जन तर्फ भन्दा सन्तानले संरक्षण सम्म गर्न जान्दैन् । केवल उ बुबाबाट आर्जित सम्पतिको दोहन गर्ने तर्फ केन्द्रीत हुन्छ । ठिक त्यसै गरि समुन्नत बन्ने स्वर कल्पना सिबा केहि हुन सकेको छैन् यो देशमा ।

मेरा साना दुखले आर्जाया मुलक होईन् सबैलाई चेतना भया (राजा पृथ्वी नारायण शाहा)को यो भनाईलाई सबैले विषयगत ज्ञानको रुपमा लिदै आए । तर यसलाई प्रेरणाको स्रोतमा नि थप आर्जन भनौ वा आन्तरिक राष्ट्रिय सम्पदाको निर्माण गर्न सरकार चुकेको छ । अन्तर मनले जे भन्छ त्यो नै सत्य हो भन्ने माहात्मा गान्धीको माहान वाणि झै सरकारको अन्तर मन र मस्तिष्कमा सम्पदा संरक्षणका सवालमा उत्प्रेरणा जाग्ने खालका योजना हुनु पर्यो ।

जाहा समस्या हुन्छ त्यहाँ समाधान अवश्य हुन्छ । विपत्तीहरु आईरहन्छन् किन कि हामी नेपाली र नेपाल यस्तो ठाउँमा छौ जाँहा वातावरणीय असन्तुलन या जलवायु परिवर्तनले प्रत्यक्ष र शिर्घ असर गर्दछ । यसबाट बच्नका लागि हामीहरु सम्पदा निर्माण गर्दा या पुनःनिर्माण गर्दा भावी पुस्तालाई समेत आकलन गरि ठोस निति कार्य योजना र त्यस प्रतिको त दारुपता चाहिन्छ ।

देशका जनताहरुमा पनि सम्पदाप्रति , सँस्कृतिप्रति र समग्र सभ्यताप्रति दायित्व बोध गराउनका लागि सरकारले आन्तरिक पर्यटनमा जोड दिनका लागि वार्षिक योजना र बजेटमा नै समावेश गर्नु पर्ने हुन्छ । जसले गर्दा हाम्रो स्थानिय कला सँस्कृती र पहिचानको पुस्ता हस्तारणको उचित वातावरण बन्छ । हाम्रा कला सँस्कृति पहिचान ,जिवन शैली ,भेषभुषा नै राष्ट्रियताका प्रतिक हुन यिनको संरक्षण र प्रवधन गर्नु राज्यको अहम जिम्मेवारी हो तर विडम्बना राज्य मुख्य सवालमै चुकेको छ ।

मेरो सम्पति कति छ ? मेरो क्रृण कति छ ? मेरो परिवारको हैसियत कति छ भन्ने सम्म नबुझेको छोरालाई भावि पुस्ता चलाउनको लागि कस्तो अपेक्षा राख्ने?

ठिक त्यसै गरि नेपाल सरकार नव सम्पदा निर्माण र पुराना ईतिहासलाई खोतल्ने र सम्पतिको लेखा जोखा राख्ने स्थानमै छैन जस्तो देखिन्छ । कस्तुरी मृगले आफ्नो विना नचिने जस्तै हामी र हाम्रो सरकारले सम्पतिको लेखाजोखा राख्न असफल सिद्ध छ ।

देशमा अहिले पहिचानको सामार्थको संघियताको बहस चर्को छ । बहस भुकम्पको पनि कम छैन् । भूकम्प पछिको पुनःनिर्माणका लागि प्राधिकरण गठन भयो । प्राधिकरणको पश्चिम ढोकाको ठिक एक किमिमा ढलेको राष्ट्रको धरोहर धरहरा कैले उठ्ने हो ? जंगबहादुर सायद कति प्रीय थिए थिएनन् त्यो अर्को विषयमा चर्चा गरौला तर त्यो सम्पदा धरहरा उठाउने उनको युक्तीलाई प्रीय सिद्ध गर्न यो लेखक पछि पर्दैन । dharahara

पुनःनिर्माण ,भुकम्प ठुलो मुद्दा भनेको यि चिजबाट सृजित हुने प्रणालीका सिकार वा भनौ कर्मचारी तन्त्रको तूस गोला कहिले ठिक हुने अन्यौल नेपाली आकाशमा कायम रहिरहने निश्चित प्राय छ । यो न्यायको पालन भुमिबाट नेपाल बनेको यो राष्ट्र दुई घर बीचको मझौरीको आगन र नेपालीहरु आगनमा खेल्ने खेलौना भईरहेका छन् ।यसको जबाफ कुर्सीमा रम्नेहरुले दिउन ।

(नोट : कुनैपनि लेखमा लेखकले आफ्नो निजी विचार व्यक्त गर्ने भएको हुनाले हाम्रो संस्था अनलाइनपत्रिका डट कम कुनै पनि लेखमा लेखकले व्यक्त गरेको विचारमा सहमत वा असहमत हुन जरुरी छैन । सबै खाले विचारलाई पाठक समक्ष पुर्योउने हाम्रो प्रयास हो, धन्यवाद)

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु