समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

तराइ–मधेशलाई सिक्किम नबनाउन मोदीलाई आग्रह 

काठमाडौं, पुस ३ । नेपाल आर्य, मंगोल र द्रविडको प्राचिन थलो हो । सिन्धु घाँटीबाट गंगाको मैदान हुँदै एकथरी आर्य नेपाल प्रवेश गरे भने एक थरी आर्य सिन्धु घाँटीबाट हालको भारतको हिमाञ्चल प्रदेशका हिमाली र पहाडि जिल्लाहरु छिचोल्दै हालको नेपालको सुदुर र मध्यपश्चिमका पहाडि जिल्लाहरुमा आइपुगे ।

इतिहासमा डोटी राज्य र सिंजा राज्यका लिखित र व्यवस्थित दस्तावेजहरु अहिले पनि छन् । वाँकी बाइसे चौविसे रजौटाहरुको एक सभ्य र सामाजिक संरचना बनावटको कविलाई राज्य ब्यवस्थाको इतिहास पनि सुरक्षित छ ।

अर्को थरी भोट वर्मेली समुदाय जो नेपालको प्राचिन सभ्यताको एक महत्वपूर्ण अंश र इतिहास हो मंगोल । उत्तर र उत्तरपूर्वी भागबाट नेपालको हालको पूर्वी भाग हुँदै काठमाडौं उपत्यकासम्म आईपुगेको मंगोल समुदाय हो जसलाई आज जनजातीका रुपमा हेरिएको छ ।indian-pm

अर्को द्रविड समुदाय हो दक्षिणमा विभिन्न तनाव र लखेटाइमा परि एकान्त ठाउँ खोज्दै आएको जसरी सिन्धु घाँटीको तनावबाट मुक्ति खोज्न आर्यहरुको एक हुल हिमाली र पहाडि बाटाहरु छिचोल्दै नेपालको सुदुर र मध्य पश्चिमको पहाडि क्षेत्रमा आईपुग्यो त्यसैगरि द्रविडको एक हुल दक्षिणबाट नेपालको तराई देहाती इलाकाका घना जंगल भित्र सघन वस्ती वनाएर बसोबास गर्यो ।

तराइका केहि सिमित आर्यहरु भारतको उत्तरी गंगाको मैदानबाट नयाँ वसोबासको खोजी गर्दै धेरै पछि नेपालको त्यहि देहाति इलाकामा पुगे जहाँ द्रविड समुदायले मानव वस्तीको सुरुवात गरिसकेको थियो । विस्तारै पहाड र हिमालमा रहेका आर्यहरु तराइ झरे । त्यो इतिहास करिब दुई तीन सय बर्ष आसपास छ र अधिकतम वस्ती सुरु भएको झण्डै पचास देखि एक सय बर्ष मात्रै छ ।

नयाँ नेपालको अधिकाँश भु-भाग राणाहरुको कब्जामा थियो । र त्यहाँ मल्लहरु जमिन्दार थिए । थारु समुदाय सिमित वस्तीमा थिए । शासक जाति हुनुका कारण जमिनको महत्व वुझेका मल्ल राजाहरुले हजारौं सयौं विघाका घना जंगल फाँडेर स्वामित्व लिएको इतिहास छ ।

जसलाई अहिले पनि पश्चिम नेपालको तराइ भागलाई मलवार भनिन्छ । नेपाल एकिकरणपछि सिंजामा मल्लहरुको शक्तिशाली शासन ध्वस्त हुँदा उनीहरु सिंजाबाट दुल्लु हुँदै दक्षिण झरेर त्यहाँका विशाल फाँटलाई स्वामित्वमा लिए । नेपालको पूर्वोत्तर भागबाट प्रवेश गरेको मंगोल समुदाय चलायमान रह्यो ।

अन्ततः आर्य, मंगोल र द्रविड विभिन्न जाति प्रजातिमा वाँडिएर विभिन्न स्थान र समुहमा बसोबासमा रहे । ऋषिमुनि, ज्ञान, तपस्या, धर्म, सँस्कार र सँस्कृतिको पनि एक मिश्रित थलो बन्यो नेपाल ।

पृथ्वी नारायण शाहको एकिकरणमा गोलबन्द भइसकेपछि पनि आफ्नो भुगोल, सिमाना सँस्कार, सभ्यता, भाषा र राष्ट्रियता स्थापित गर्न निकै समय लाग्यो नेपाललाई । विविधतामा एकता यसको मुलमन्त्र बन्यो ।

एशियामा व्रिटीसहरुसंग अस्तित्व बचाएर आँखा जुधाउने एक शक्तिशाली साम्राज्य हो गोर्खा साम्राज्य । चीन र व्रिटीसहरुसंग लडाइ लडि विजयको खुशियाली र पराजयको सामना दुवै ब्यहोरेको इतिहास छ यस भूमिसंग ।

लुम्विनी र जनकपुर हाम्रो सभ्यताका जग मात्रै होइनन् वर्तमानको इतिहाँस र सँस्कृतिका अनुपम धरोहर पनि हुन । कृपया नरेन्द्र मोदी ज्यू यसमाथि गिद्धे नजर लगाउने दुस्साहस नगर्नुस ।

मधेश ब्लुचस्तान बनाउने तपाईको दुस्वपना कदापि सफल हुने छैन । त्यसको मुल्य यति महंगो हुने छ कि हाम्रा पवित्र भुमि जनकपुर र लुम्विनी रक्त रञिजत हुने छन् । हाम्रो शान्ती प्रिय भूमिलाई यस अप्रिय बाटोमा धकेल्ने कोसिश नगर्नुस ।

शिसाको घर भित्र बसेर ढुंगा हान्न सिकाउनु तपाई स्वयंका लागि कति प्रतित्युत्पादक होला पहिले नै विचार गर्नुस । तपाईले झेलिरहेको मणिपुरको समस्या, काश्मिर समस्या, अर्थात पूर्वोत्तर देखि पश्चिमोत्तरका समस्या र दक्षिण भारतका समस्याहरुका आगोमा घ्यु थप्न अरु कोहि अग्रसर भए हालत के होला ?

चीनको जस्तो ९१ प्रतिशत हान जाति वाहुल्य भएको राज्य होइन भारत न त ८१ प्रतिशत बढी सिंहाली जाति रहेको श्रीलंका जस्तै हो । क्रिकेटले थेगेको राष्ट्रियता भित्र तपाईको रअ जस्तै चलखेल गर्ने हो भने भारत चकनाचुर हुन कति नै समय लाग्ला र ?

सेनाबाट अवकाश लिनु पूर्व पाकिस्तानी सेना प्रमुख राहिल सरिफले खुला चुनौति दिएको सायद अवगत नै होला । चारैतिर छिमेकीहरुबाट एक्लिदै गएको अनुभुत गर्न अझै सकिएको छैन भने त्यो दिल्लीको दृष्टीभ्रम हो ।

क्षेत्रिय भुगोलको राजनीतिमा वेइजिंग र इस्लामावादको आक्रामक प्रहार, ढाका र कोलम्बोको तटस्थताका वीच नेपालमाथि चलखेल गर्नु पूर्ण दुस्साहस हो । क्षेत्रिय शक्ति सन्तुलनमा अमेरिकी ढाडसले केहि लछारपाटो लाग्नेवाला छैन ।

दक्षिण चुँडेर लिने अवस्थामा पनि नेपाल सिक्किम झैं गुलाम रहिरहने छ भन्ने तपाईका एजेन्सीहरुको रिपोर्ट छ भने त्यो इतिहासका तथ्यसंग मेल खाँदैन र वर्तमानको राष्ट्रिय जागरणसंग पनि त्यस्ता रिपोर्टको कुनै साइनो छैन ।

मिथ्या रिपोर्टले नेपाललाई गलाउने र ढलाउने सपनाको महंगो मुल्य चुक्ता गर्नै पर्ने छ । ६ महिना लामो नाकावन्दीले पाठ सिकाएको छ । उत्तरी बाटाहरु खुलेका छन् र समुन्द्री मार्गसम्म पहुँच सैद्धान्तिक बाटो खुलेको छ । इच्छा शक्ति र छिमेकीहरुसंग दह्रो सहकार्यको एउटै प्रस्तावले भारत निर्भरताका सबै जटिलताको अन्त्य गरिदिने छ ।

उच्च मनोवलको इतिहास, भौगोलिक उचाइ, लडाकु जाति सबै कुरा भएको यस मुलुकमा केहि नियम कानुनले मात्रै हामी सैन्य प्रविधिका नविनतम आविष्कारबाट वञ्चित छौं । लुम्विनी र जनकपुर जस्तो मुटु चुँडिदा कस संग कसले मोर्चावन्दी गर्नुपर्छ त्यो लडाइको आवश्यकताले तय गर्छ ।

मोदी ज्यू यदि अमेरिकाले इराकलाई तहस नहस वनाउदैनथ्यो भने आज आई एस को त्रासदीमा संसार जीउनु पर्ने थिएन होला सायद । टर्की देखि फ्रान्समा हुने आई एस का आक्रमणको पृष्ठभूमि इराकको तहस नहससंग जोडिन पुग्छन् । दक्षिण कोरियालाई नउकासेको भए अमेरिका आज उत्तर कोरियाको मिसाइलको त्रासमा जीउनु पर्ने थिएन । सन २०११ को रुसी संसदीय चुनावमा प्रश्न नउठाएको भए अमेरिकामा डेमोक्र्याट उम्मेद्वार हिलारी क्लिन्टनले सायद पराजयको यो हालत स्विकार्नु पर्ने थिएन ।

जवाहरुलाल नेहरु र इन्दिरा गान्धीले संवेदनशिल ठानेर छोडेको यस हिमाली राज्यमाथि तपाई गलत नजरले हेर्ने कोसिश नगर्नुस यसैमा दिल्लीको भलाई छ । अलमलमा वासिंगटन, तटस्थ मस्को आजको अन्तराष्ट्रिय शक्ति सन्तुलनको यथार्थ हो ।

एशियाली जगतमा वेइजिंगको आक्रामक नीति, इस्लामावादको भारतमाथिको लगातार प्रहार, इरान र मध्यपूर्वको चीन र पाकिस्तानसंगको वढ्दो सम्वन्धलाई ताजकिस्तानसंगको एउटा वक्तव्य, भियतनाम संगको डिनरले खासै फरक पार्दैन ।

एशियाको नयाँ गठवन्धन चीन र पाकिस्तानसंग नेपाल उभिने मात्रै हो भने पनि दिल्लीले अकल्पनिय क्षति ब्यहोर्नुपर्ने भविष्यलाई ख्याल गर्दै नेपाललाई पञ्चशिल, सह अस्तित्व र तटस्थताको कुटनीतिमा रहन दिनुस ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु