समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

बिएस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित, ५ विद्यार्थीलाई २ वर्षका लागि निष्काशन 

tuकाठमाडौं, पुस १ | त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गएको जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित भएको छ ।

परीक्षाका मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ५३३०२६९, ५३३०३२३, ५३३०३४६, ५३७०४४६ र ५३७१११६ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

– रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु