समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

​गगन थापाको जनपक्षिय कदम 

काठमाडौँ, पुस १। स्वास्थ्यमन्त्रालयले आजदेखि देश भरको स्वास्थ्य सँस्थाको १० प्रतिशत शैय्यामा निशुल्क उपचार दिने जनाएको छ ।

देशभरका सबै स्वास्थ्य संस्थाहरुले आजदेखि १० प्रतिशत शैयामा निःशुल्क उपचार सेवा प्रदान गर्ने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक महत्वको सूचना प्रकाशित गरी सरकारी, निजी, गैरसरकारी, सहकारी तथा सामुदायिक अस्पतालहरु, शिक्षण अस्पतालहरू र नर्सिङ होमहरूले कूल शैया संख्याको १० प्रतिशत शैयामा निःशुल्क उपचार सेवा प्रदान गर्न स्मरण पनि गराएको छ ।

निशुल्क उपचार सेवा पाउनका लागि सम्बन्धित गाविस वा नगरपालिका वा जिविस वा जिल्ला प्रशासन कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालय वा वीर अस्पताल वा स्वास्थ्य मन्त्रालय मध्ये कुनै एक निकायको सिफारिस अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले निजि अस्पतालहरुले आजदेखि विपन्न, असहाय, बेवारिसे जेष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिला बिरामीहरुलाई स्वयं घोषणा फारम भर्न लगाई निशुल्क शैयाको उपचार सेवा प्रदान गर्नुपर्ने व्यवस्था कडाईका साथ लागु गर्ने  प्रतिबद्धता व्यक्त गरेका छन् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु