समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

कक्षा ११ को नियमित तर्फको परीक्षाफल प्रकाशित, ५१ प्रतिशत उत्तिर्ण (नतिजा सहित) 

काठमाडौं, मंसिर ३० । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित भएको छ । बोर्डले विहीबार नतिजा सार्वजनिक गरेको हो ।national-exam-board-58527fd48cb097-39272802

परीक्षामा ५१ दशमलव ७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा नियमिततर्फ २ लाख ६६ हजार एक सय तीन जना सहभागी भएका थिए । ती मध्ये एक लाख ३६ हजार ६ सय ६५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । ३३ जना परीक्षार्थीको नतिजा रद्द गरिएको पनिकाले जनाएको छ ।

नतिजा बोर्डको वेबसाइट http://www.neb.gov.np/result मा र एनटिसीको वेबसाइट http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

आंशिकतर्फ सहभागी भएका परीक्षार्थीको नतिजा भने गत मंगलबार सार्वजनिक भएको थियो ।

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु