समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

केयुमा तत्काल उपकुलपति नियुक्त गर्न क्रान्तिकारीको माग 

काठमाडौं, मंसिर २९ । शिक्षा मन्त्री धनिराम पौडेलले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि बनेको सिफारिस समितिमा सहमति बन्न नसकेका कारणले उपकुलपति नियुक्तिमा ढिलाई भएको खुलासा गरेका छन् ।

तत्काल उपकुलपति नियुक्त गर्न माग गर्दै बुधबार अखिल क्रान्तिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै सो टोलीसँग शिक्षामन्त्री पौडेलले सो खुलासा गरेका हुन् ।

शिक्षा मन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिमा काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति डा.सुरेसराज शर्मा र पुर्व सभामुख दमननाथ ढुङ्गाना रहेका छन् । स्रोतका अनुसार शर्माले पुरानै उपकुलपति डा.रामकण्ठ माकाजुमा अडान लिएका छन् भने शिक्षामन्त्री नयाँ उपकुलपतिको पक्षमा देखिएका छन्।

सिफारिश समितिले ३ जना सम्मको नाम कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिश गरेपछि त्यस मध्येका एकजनाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ।

बुधबार शिक्षा मन्त्रालयमा काठमाडौं विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयसंग सम्बन्धित ६ सुत्रीय माग अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले पेश गरेका छन्।

ज्ञापनपत्रमा मेडिकल शिक्षाको शुल्क अविलम्ब निर्धारण गर्नुपर्ने र शुल्क निर्धारण समितिको विभेदकारी शुल्क खारेजीको माग गरिएको छ । क्रान्तिकारीले मेडिकल कलेजले एकमुष्ठ र बढि लिएको शुल्क फिर्ता गर्न र त्यसका लागि अनुगमन समिति बनाउन समेत माग गरेको छ ।

विवाद अविलम्ब टुङ्ग्याएर उपकुलपति तत्काल नियुक्ति नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी अखिल (क्रान्तिकारी) का प्रबक्ता सुरेन्द्र बस्नेतले दिएका छन्।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु