समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

लोकसेवाले माग्यो ५०४ शाखा अधिकृत (माग पद विवरणसहित) 

काठमाडौँ, मंसिर २९ । लोक सेवा आयोगले एकै पटक ५ सय ४ शाखा अधिकृत माग गरेको छ ।

आयोगले ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखा परीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि अधिकृत माग गरेको हो ।

लोकसेवाले खुलातर्फ २७४, महिला ७३, आदिबासी र जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा पिछडिएको क्षेत्रतर्फबाट ११ जनाका लागि आवेदन माग गरेको छ ।loksewa-bigyapan-1

यो पदमा आवदेन दिनेहरुका लागि माघ ४ गतेसम्म समय दिइएको छ । आवेदन गर्दा आवश्यक कागजातका साथमा एक हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु