समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

​मन्त्री शाही अष्ट्रेलिया प्रस्थान 

काठमाडौँ, मंसिर २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिबलमा सहभागी हुन अस्ट्रेलियातर्फ प्रस्थान गरेका छन् ।jeevan-bahadur-shahi

मेलबर्नमा १४ डिसेम्बर देखि २१ डिसेम्बरसम्म एनआरएनले आयोजना गरेको फेस्टिबलको प्रमुख अतिथिका रुपमा पर्यटन मन्त्री शाही गए राति अस्ट्रेलिया गएका हुन् । उनका साथमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नयनसिंह महर पनि अस्ट्रेलिया गएका छन्  ।

मन्त्री शाहीले आजै ग्रान्ड नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको ग्रान्ड नेपाल फेस्टिबलले नेपालमा पर्यटन वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री शाहीले प्रस्थान अघि बताए ।

“सांस्कृतिक सम्पदाको धनी मुलुक नेपालको विषयमा अस्ट्रेलियामा फेस्टिबलको आयोजना गरिनु अत्यन्तै गौरवको कुरा हो । यो हाम्रा लागि ठूलो उपलब्धि समेत हो,” मन्त्री शाहीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।

नेपाल फेस्टिबलमा भिक्टोरियाका बहुसंस्कृति तथा अर्थमन्त्री रबिन स्कट पनि विशेष अतिथिका रुपमा उपस्थित रहने आयोजकले जनाएका छन् । त्यहाँ रहँदा मन्त्री शाहीले केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्न सक्ने सम्भावना रहेको छ । मन्त्री शाही २१ डिसेम्बरमा स्वदेश फर्कने कार्यक्रम छ । रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु