समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

उज्यालो आकाश चुम्दै राजन ! 

वास्तवमै आत्मासाक्षी राखेर भन्नु पर्दा जिवनमा केही गर्ने चाहना र इच्छा सबैले सोचेका हुन्छन्। जीवनको स्पष्ट र आत्मा सम्मान योग्य गन्तव्य कसरी खोज्ने २१ औं शताब्दीका चिन्तनशील र सजग युवा पुस्ताको लागि ठूलै बहस र छलफलको विषय बनेर प्रस्तुत भएको छ यो बिषय । कोही यही बहस र छलफलमा ब्यस्त रहेका छन् भने कसैले आफ्नो जीवनको गन्तव्यको मार्ग चित्र स्पष्ट कोरेर आफ्ना कर्मठ र उर्जाशील पाइला त्यही बाटोमा लम्काएर सफलताको मीठो अनुभव बटुली सकेका छन् । आधुनिक युगमा आफ्नो कर्मलाई मुख्य धर्मको परिभाषा बनाउँदै छन् । यिनै सफल युवा पुस्ताहरु ।

सामाजिक कुरिति र कुसंस्कार जस्ता तामसिक वृत्तिलाई तिलान्जली दिएर तमसोमा ज्योर्तिगमयका लागि धर्ममार्गमा लाग्ने यस्ता युवाहरुले हत्याहिंसा जस्ता घृणित कार्यमा नलागि सतमार्गमा लाग्न आफूले आफूलाई पे्ररित गरिरहेका छन् । सामान्य व्यक्ति र विषय भन्दा पृथक बन्ने सोचबाट प्रेरित भएर आफूलाई सफलताको शिखर चुम्ने सफल व्यवसायी मध्ये वर्तमान परिप्रेक्षका ज्वाजल्यमान नक्षत्र हुन् व्यवसायी राजन श्रेष्ठ ।

भोजपुर जिल्लाको टक्सार गाविस वडा नं ७ मा आजभन्दा करिब ३३ वर्ष अघि जेठो छोराको रुपमा सामान्य किसान परिवारमा उहाँको जन्म भएको थियो। मध्यम वर्गीय परिवारमा सामान्य किसान रुपमै उहाँले आफ्नो बाल्यकाल विताउनु भयो । तर अरु भन्दा पृथक बन्ने सोचको विजारोपण भने उहाँको मनमा सानैमा स्थापित भइसकेको थियो । उहाँले भोजपुरकै यशोधरा मा।वि बाट एस।एल।सी त्यसपछि धरानस्थित हात्तीसार क्याम्पस हुँदै काठमाडौको त्रिचन्द्र कलेजबाट विज्ञान विषयमा उच्च शिक्षा पूरा गर्नुभयो । पृथकतालाई नै सफलताको कडिको रुपमा स्वीकार्नै राजन श्रेष्ठ पृथक बन्ने सोचले प्रेरित हुँदै विज्ञान संकायमा शैक्षिक दक्षता हासिल गरेतापनि व्यवसायिक जीवनमा प्रवेश गर्नु भयो । मन वचन र कर्मबाट आफ्नो लक्ष्य प्राप्त गर्न सफल कुरा आत्मसात गर्नु नै धर्म हो भन्ने सैद्धान्तिक पक्षको जीवन उपयोगी मूलमन्त्र मानेर यही सिद्धान्तलाई आत्मसात गर्दै नेपालमै प्रथम पटक (Direct Response Through Television) मार्केटिङको अवधारणाको स्थापना गर्नुभयो ।

SKY SHOP NEPAL PVT LTD कम्पनीको स्थापना गरेर आम नेपाली अपभोक्ताहरुलाई अन्तराष्ट्रिय ब्राण्डका घरायसी शारिरीक सौन्दर्यता शारिरीक तन्दुरुस्तीका लगायत सामानहरुको विकि्र वितरण सुरु गर्नुभयो । शिक्षाका प्रमुख उद्देश्यहरु मानिसलाई सिर्जनशील बनाउनु अवसरको ढोका खोल्न मद्दत गर्नु र चुनौतीलाई सहजरुपमा स्वीकार्ने क्षमताको विकास गराउनु हो भन्न्ो सैद्धान्तिक मूल्य र मान्यतालाई आत्मसात गर्दै Learn with fun को व्यवहारिक पद्धतिको अवधारणालाई स्थापित गर्दै Smart Kids र Computer Guru जस्ता उत्पादनहरु पनि SKY SHOP NEPAL ले बजारमा बिक्री वितरण गर्दै आएको छ । हजुरआमाको ‘छोरा कि रनमा कि वनमा’ भन्ने उखानलाई कहिलै नभुल्ने राजन श्रेष्ठले अहिले SKY SHOP NEPAL PVT LTD र SKY SHOES नामक जुत्ता कम्पनी मार्फत देशका विभिन्न स्थानहरुमा रहेका आफ्ना शाखाहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौं नेपाली युवा-युवतीहरुलाई रोजगारी दिई रहनुको साथै राज्यलाई करोडौं राजस्व तिरेर आर्थिक उन्नतितिर लम्कन सहयोग पनि गरिरहनु भएको छ ।

जिन्दगीलाई आगोको फिलुङ्गो रुपमा स्वीकार्ने राजन श्रेष्ठले सामाजिक रुढिवादी र परम्परागत चिन्तनबाट प्रेरित सामाजिक मुल्य र मान्यताको परिवर्तनको लागि चलचित्र श्रेत्रलाई पनि आत्मसात गर्नु भएको छ । आफ्नो जिवनमा घटेको वास्तविक घटनालाई आधार बनाएर उहाँद्वारा निर्मित निर्देशित चलचित्र ‘तोड’ काठमाडौं उपत्यका बाहिर भव्य रुपमा प्रदर्शन भइरहेको छ भने ‘तोड’ चाँडै नै काठमाडौं आउने कुरा पनि उहाँले हामीलाई जानकारी गराउनुभयो । नेपाली दर्शकको ‘तोड’ प्रतिको आघात स्नेह र मायाको कारण उहाँ आफूले आफूलाई सफल व्यवसायीका साथसाथै सफल चलचित्र कर्मीको रुपमा पनि स्थापित गराउन सफल हुने कुरामा विश्वस्त हुनुहुन्छ ।

यही चाहना र विश्वासले ओतप्रोत भएर उहाँले चाँडै नै अर्को चलचित्र निर्माण/निर्देशन गर्ने निर्णय गर्नुभएको छ । रामायण र महाभारत जस्ता पौराणिक ग्रन्थहरुमा वेदब्यास ज्ास्ता ऋषिमुनिहरुको तपोभूमि र कर्मभूमिको रुपमा बुझिएको सुन्दर शान्त यस यज्ञभूमि नेपाललाई २१ औं शताब्दीको सफल र सम्वृद्ध राष्ट्रका रुपमा परिवर्तन गर्न राज्यसँग सही र समयसापेक्ष दृष्टिकोण राज्यसत्तासँग सफल र सबृद्ध हुने इच्छाशक्ति र लगनशील अनि कर्मठ नेपाली पौरखी जनतासँग व्यवसायिक सम्वृद्धिको आशा र अटल प्रतिज्ञा हुनुपर्दछ भन्ने सैद्धान्तिक पक्षलाई सबैले अनुसरण गरे राष्ट्र सक्षम र सफल हुने कुरामा कसैको पनि दुईमत छैन भन्नुहुन्छ व्यवसायी श्रेष्ठ र सबैलाई यही सिद्धान्तको अनुसरण गर्न र ‘मै खाउ मै लाउ सुख सयल मोज मै गरुँ’ भन्ने कु-विचार त्याग्न सबैलाई अनुरोध गर्नुहुन्छ । यो नै देश बनाउने सूत्र भएको वहाले भन्नुभयो ।

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु