समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

धरानमा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु 

धरान, २८ मंसिर । धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ ।

बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले प्याराग्लाइडिङ सेवाको सुरुवात गरेको हो । प्याराग्लाइडिङको सुरुवातसँगै धरान आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा व्यवसायीले गरेका छन् ।pic-9

धरानमा यसअघि स्काई एड्भेञ्चरले धरान–२० छोटी मोरङबाट प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिसकेको छ । टिभि अन्नपुर्णमा समाचार छ । बुढासुब्बा प्याराग्लाइडिङले समेत धरानमा उडान सुरु गरेपछि धरान आउने पर्यटकलाई थप सुविधा पुग्ने व्यवसायीको विश्वास रहेको छ ।

रमितेडाडाँबाट धरानको सुन्दर दृष्य, चारकोसे जंगललगायत इटहरी, भेडेटारलगायतका हिम शृङ्खलाको दृष्य अवलोकन गर्न सकिने छ ।बुढा सुब्बाले व्यवसायिक प्याराग्लाइडिङ उडानका लागि पाँच जना पाईलट राखेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु