समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

‘बैभव किन्न सकिएला, मातृभूमिको माया किन्न सकिँदैन’ 

upendra-mahatwoडेनमार्क । विमानस्थलमा देखिएपछि केही नेपालीहरु उनीसँग फोटो खिचाउन झुम्मिए । जब उनीहरुले उपेन्द्रको हातमा नेपालको हरियो पासपोर्ट देखे, उनीहरुमध्ये धेरैलाई अचम्म लाग्यो । उपेन्द्र महतोको हातमा रातो पासपोर्ट नदेखेपछि एकजनाले सोधी हाले-तपाईसंँग हरियो पासपोर्ट ? रुसमा २५ वर्षदेखि व्यापार व्यवसाय गरेर उतै बसेका महतोले त्यहिको पासपोर्ट प्रयोग गर्छन् भन्ने धेरैको भ्रम उनले अन्त्य गरिदिए ।

उनले नेपालको हरियो पासपोर्ट कोटको खल्तीमा राख्दै भने-यसैमा त छ नि मज्जा । विदेश जानासाथ हतार-हतार नेपाली नागरिकता त्यागेर विदेशी पासपोर्ट बनाउन मुद्दा मामिला गर्ने नेपालीहरुप्रति व्यंग्य गर्दै उनले भने-नेपाली हुनुमा गर्व गर्नुस् । आफूले चाहेमा रातो पासपोर्ट नै प्रयोग गर्न सक्ने भए पनि नेपालीको पहिचान र आफ्नो मुलुकप्रति गर्व गर्न नपाइने भएकाले आफूले नेपालका सामान्य नागरिकले बोक्ने हरियो पासपोर्ट नै प्रयोग गरिरहेको बतए ।

हुन त नेपालका पासपोर्ट देख्नासाथ कतिपय देशका अध्यागमन कर्मचारीले शंकास्पद नजरले नहेर्ने होइनन् । तर, अर्बपति व्यापारी महतो भन्छन्-तिनीहरुको भ्रम तोड्नकै लागि पनि म हरियो पासपोर्ट नै प्रयोग गरिरहन्छु । रसियामा सन् २००७ मा “मेनेजर अफ द इयर” को राष्ट्रिय सम्मान पाएका महतो विश्वका कुनैपनि मुलुकमा जाँदा सामान्य कामदार नेपालीलाई भेटे पनि बोलाएर गफ गरिहाल्छन् । ‘मान्छेहरु नेपालको नागरिकता त्यागेर विदेशी पीआर लिन्छन् अनि नेपालको राष्ट्रियताको चिन्ता गर्छन्’ महतोले भने ‘तर म सयौं अवसर आउँदा पनि नेपाली हुनुको पहिचान कहिल्यै त्याग्न सक्दिँन, विश्वमा जहाँ गए पनि नेपाली देखेपछि बोलाएरै कुरा गर्छु’ । उनले रसियाको राजधानी मस्कोबाट यात्रा गर्नुपर्दा कहिले कहीँ उडान समयमा विमानस्थल पुग्न नसकेको आधा घण्टासम्म उनका लागि उडान रोकिएको अनुभव पनि उनले संगालेका छन् । गैरआवासीय नेपालीको अध्यक्ष बनिसकेपछि नेपालमा बढी चिनिएका महतोले भने- पैसाले विश्वको कुनै पनि मुलुकको बैभव किन्न सकिएला, तर आफ्नो मातृभूमिको माया किन्न सकिँदैन ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु