समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

विदेशी पूँजी ल्याउन सके देशमै रोजगारी 

nabindraकाठमाडौं, मंसिर २५ । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालभित्रै रोजगारी सिर्जना गर्ने पक्षलाई जोड दिंदै देशमा आर्थिक र औद्योगिक विकासका लागि नेपाललाई एक नयां आर्थिक फड्को मार्नुपर्ने आवश्यकता औल्याउनु भएको छ । देशभित्रै स्थानीय साधन र श्रोतको प्रचुर सम्भावना रहेको धारणा राख्दै मन्त्री जोशीले बर्तमान ४८ प्रतिशत जनसंख्या युवा रहेको अवस्थामा देशभित्रै रोजगार सिर्जना गर्न ठुलो संख्यामा बैदेशिक रोजगारमा बाहिरिएको युवा जनशक्तिलाई देशभित्रै रोजगार अवसर उपलव्ध गराउन अति महत्वपुर्ण कदम चाल्नुपर्ने बताए ।

bideshiलघु, घरेलु तथा साना उद्यमहरुको प्रवद्र्धन गरी देशमा रोजगार सिर्जना गरी स्थानीय साधनश्रोतको परिचालन गर्ने र मझौला तथा ठुला उद्योगको विकासका लागि देशमा लगानी मैत्री बाताबरण सिर्जना गरी स्वदेशी एवं विदेशी पुंजी भित्र्याउन प्रतिवद्ध रहेको छ । काठमाडौंमा आयोजना गरिएको गरिबी निवारणका लागि लघु उद्यमविकास कार्यक्रम (मेडपा) को समिक्षा गोष्ठीमा मन्त्री जोशीले नेपालमा उपलव्ध श्रोत साधनको अधिकतम उपयोग गर्न र गुणस्तरयुक्त बस्तुहरुको राष्ट्रिय अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन आवश्यकता रहेको बताउनुभयो ।

bideshi1 bideshi2उद्योग मन्त्रालयका प्रवक्ता तथा सहसचिव यामकुमारी खतिवडाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम देशमा आर्थिक गरिबी हटाउन र रोजगारी सिर्जना गर्न बिशेष गरी दुर्गम र ग्रामीण क्षेत्रमा सञ्चालित एक महत्वपुर्ण कार्यक्रम भएको बताउनुभयो ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु