समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

​शेयर बजारलाई सुधार्न आस्वा 

काठमाडौँ,मंसिर २४ । शेयर बजारलाई सुधार गर्न सरकारले अत्याधुनिक प्रणली लागु गर्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन आस्वा प्रणाली लागू गर्ने तयारी गरेको छ ।

बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’ (एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीबाट लगानीकर्ता आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा लगानी गर्न सक्नेछन् ।

के हो आस्वा ?

सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा लगानी कर्तालाई बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँडपछि मात्रै आवेदकको बाँडफाँडमा परेको धितोपत्र बराबरको रकम खाताबाट झिक्ने प्रणालीलाई आस्व भनिन्छ ।

लामो समय लगानीकर्ता लाइनमा बस्नुपर्ने, चेक र नगदबाट कारोबार गर्दा हस्ताक्षर नमिल्ने, खातामा रकम नहुने तथा अनधिकृत व्यक्तिले समेत सेयरमा लगानी गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने उपाय स्वरुप धितोपत्र बोर्डले नयाँ प्रणालीका रुपमा आस्वा लागू गर्न लागेको छ ।

नयाँ प्रणाली लागू भएपछि सेयरमा लगानी गर्न चाहने लगानी कर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने छन् । यसबाट लामो लाइन बस्नुपर्ने, धितोपत्रको प्रमाणपत्र पाउन ७० दिनभन्दा बढी कुर्नुपर्ने र आफ्नै रकम प्राप्त गर्नसमेत लामो समय लाग्ने अवस्थाको समेत अन्त्य हुनेछ । भारतमा सन् २००८ मा सुरु भएको सो प्रणाली पूर्ण कार्यान्वयनमा आउन आठ वर्ष लागेको थियो ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्की पहिलो चरणमा ‘क’ वर्गका बैंक मार्फत सो प्रणाली लागू र त्यसपछि ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्था र मर्चेन्ट बैंकमा सो प्रणाली लागू गरिने बताउनुहुन्छ ।

धितोपत्र बजारलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन बोर्डले नयाँ नयाँ प्रविधि सञ्चालनमा ल्याइरहेको उल्लेख गर्दै अध्यक्ष कार्की भारत र बङ्गलादेशको अनुभवलाई समेत हेरेर नेपालमा आस्वा प्रणाली लागू गर्न लागिएको बताए।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु