समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

गायक तथा नायक मनसुधन थापा र चर्चित गायिका जुना श्रीसको भेट निरमाया रोधीघर युकेमा पनि, गरे जोवन साट्ने कुरा 

काठमाडौं, मंसिर २३ l केहि समय अगाडी रिलिज भएको फिल्म “प्रतिबिम्ब” मा समावेश गरिएको “तिमि छौ र पो हासेको छु म, तिमि छौ र पो बाचेको छु म” बोलको गीतले देश अनि विदेशमा खुब चर्चा पायो l सोहि फिल्मका नायक मनसुधन थापा मगर र चर्चित लोक दोहोरी गायिका जुना श्रीस मगरले निरमाया रोधीघर युकेमा जोवन साट्ने कुरा गरे l जब कुरा शुरु भयो तब संगै पन्चेबाजा बज्न थाल्यो l

कुरा ‘दुई खोली दोभान” बोलको पन्चेबाजा गीतको हो l लगनको महिना मंसिर महिनाको अवसर पारेर धौलागिरी नौमती बाजा यु.के को कोशेलीमा फस्ट पि.एम प्रोडक्सन यु.के को प्रस्तुति दुई खोली दोभान बोलको पन्चेबाजाको गीत बजारमा आएको छ l

मनसुधन थापा मगर र जुना श्रीस मगरको आवाजमा रहेको यो गीतको शब्द जुना श्रीसले लेखेका छन् भने लय मनसुधन आफै बनाएका छन् l निरमाया रोधीघर यु.के मा छायांकन गरिएको यस गीतको निर्देशन, छायांकन र सम्पादन मनोज गुरुङले गर्नु भएको हो l गीतको भिडियोमा मगर संघ युकेका उपाध्यक्ष अनिता राना मगरलाई पनि देख्न सकिन्छ भने उहाकै छोरी सविता राना तेस्तै पवित्रा थापा, सुबिर दर्लामी र अमिर श्रीसले अभिनय गरेका छन् । थाली नाचमा गीता पाइजा र बबी पाइजाले साथ दिएका छन् l गीतको एरेन्ज लोक दोहोरी गायक विलन थापाले गरेका हुन् l

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु