समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

नेपालमै पहिलो पटक कलेजोको प्रत्यारोपण सफल 

काठमाडौं, मंसिर २३ | नेपालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार चिकित्सकहरुले ८ घन्टा लामो शल्यक्रियापछि सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेका हुन्।

पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने व्यक्ति भक्तपुरका बलराम नागा बनेका छन्। ३६ वर्षीय नागालाई उनकै दिदी सानुमाया लागेजुले आफ्नो कलेजोको करिब ६० प्रतिशत दान दिएकी हुन्।

बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म ८ घन्टा लगाएर प्रत्यारोपण गरिएको अस्पतालले बताएको छ । प्रत्यारोपणमध्ये सबैभन्दा जटिल मानिने कलेजोको प्रत्यारोपणका लागि विदेशी वरिष्ठ चिकित्सक सहित १४ जनाको टोलीले काम गरेको थियो ।  जसमा चार एनएस फिजिसियन, चार सर्जन र ६ नर्स सहभागी थिए।kalejo

नेपालमा पहिलो पटक कलेजो प्रत्यरोपणका लागि दक्षिण कोरियाली चिकित्सकहरुको एक टोली आएको थियो। कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा सो शल्यक्रिया सम्पन्न भएको थियो।

चिकित्सकहरुले सानुमायाको कलेजोको करिब ६० प्रतिशत भागलाई काटेर बलरामको कलेजो भएको ठाउँमा प्रतिस्थापन गरेका छन् । अहिले दुवैको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।  नेपालमै पहिलो पटक सम्पन्न गरिएको उक्त प्रत्यारोपनमा लाग्ने सम्पूर्ण खर्च केन्द्रले निःशुल्क गरेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु