समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

यी प्रहरी हुन् की होटेलका ‘कर्मचारी’ ? 

untitled-1-copyप्रकाश राज रेग्मी

सिन्धुली ग्वाल्टर चेकपोस्टमा डिउटीमा खटेका जे. शाह नामको यो प्रहरीले मंसिर ८ गते दिउसो १२ बजे ओखलढुंगाको मुटु जांच शिविरमा जाँदै गरेको हाम्रो बसलाई ३० मिनेटसम्म रोक्यो | जब हामीले कारण सोध्यौ | त्यो प्रहरीको कारण सुनेर हामी छक्क पर्यौ | खासमा कारण थियो, हामीले नास्ता खान रोकेको होटेलको साहु | जसको होटेलमा हामीले नास्ता खान रोक्यौ तर निकै भीड भएको र हामीलाई हतार भएको कारणले गर्दा हामी हाम्रो गन्तब्यतिर लम्क्यौ |

तर त्यो होटेल साहुले फोन गरेर ‘यो प्रहरीलाई हाम्रो गाडीलाई रोक्न र नास्ता खान फिर्ता पठाउन’ भने त्यसैले यो प्रहरीले हामीलाई फर्केर त्यो होटेलमा जान र नास्ता खान कर लगायो, यो प्रहरीले हामीलाई ‘त्यसो नगरे हाम्रो गाडी अघि बढ्न समेत नदिने’ धम्कि दिए | यो प्रहरीले त्यो होटेल साहुको कुरा कुनै हाकिमको आदेस सरह मानेको देख्दा हामी छक्क पर्यौ | कोहि छ यो प्रहरीलाई चिन्ने र यसलाई कारवाही गर्न सक्ने ? हामीसंग प्रमाण छ !

रेग्मी बरिस्ठ मुटु बिज्ञ हुनुहुन्छ |

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु