समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

बजार क्रयास भएर आत्तिनुपर्ने कुनै कारण छैन : अध्यक्ष डा. रेवतबहादुर कार्की 

पछिल्ला केहि दिनदेखि सेयरबजारमा तिब्र गिरावट आइरहेको छ । अपवाद बाहेक सेयर बजारमा सूचिकृत अधिकांश कम्पनीको भाउ तल झरिरहेको छ भने लगानीकर्ता निरूत्साहित भएका​ छन् । बजारमा मार्केट क्र्यासको हल्ला समेत चल्दा लगानीकर्ताको मनोवल झनै खस्किरहेको छ । एकातिर नियामक निकायले बजारको संरचना अत्यन्त बलियो बनाउँदै लगिरहेकोले पूँजीबजार​को कायापलट हुने दाबी गरिरहेको छ भने अर्कातिर बजारमा लगानीकर्ता अताल्लिएका छन् । बजारमा गिरावट आउनुको कारण, नियामक निकायको धारणा, बजारको विकासका लागि पछिल्लो समय चालिएका कदमका विषयमा  धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँगको  कुराकानी :dhitoptra

अहिले बजारमा तिब्र गिरावट आइरहेको छ, अहिलेको बजारलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

बजारमा धेरै किसिमका मानसिकता छन् । एकथरीको मानसिकता बजार जहिले पनि बढेको बढ्यै हुनुपर्छ भन्ने छ । बजारमा केहि एडजस्ट भएन भने त बजार नै भएन नि । ९ सय बाट त्यति माथि पुगेको बजारमा केहि एडजस्ट हुँदा आत्तिनुपर्ने कारण केही छैन । नियामक निकायबाट बजारलाई व्यापकता दिन र लगानीकर्ताको हितमा हुने संरचना तिब्र रुपमा अगाडी बढाइएको छ । हामीले बजारलाई अत्यन्त नजिकबाट हेरिरहेका छौँ । लगानीकर्ता आत्तिनुपर्ने कुनै कारण छैन । तपाईले लगानीकर्तालाई आत्तिनुपर्ने कारण छैन भनिरहँदा बजारमा सर्किट ब्रेकर लाग्दै तिब्र गिरावट आइरहेको छ नि ? अहिले बजारमा देखिएको असर चाहिँ भारतीय रुपैयाँको असर हो । भारतमा ५ सय र हजारको नोटमा प्रतिबन्ध लागेपछि यसको असर नेपालमा पनि पर्यो । खुल्ला सिमानाका कारण र अन्य हिसाबले नेपालमा भारूको प्रभाव पर्छ । अर्को कुरा लिक्युडिटीको असर हो । यस्तै प्रमोटर सेयर साधारण सेयरमा कन्र्भट हुन्छ भन्ने हल्ला हो । यस कारण बजारमा केही प्रेसर देखिएको हो । भारतमा भारुले गर्दा ठुलो हलचल ल्याएको छ । त्यसले भारतीय बजारमा पनि ठुलो असर पारेको छ त्यसको असर नेपालमा पनि देखिएको हो । प्रमोटर सेयरको सन्दर्भ पनि हामीले सोँचेका छौँ । प्रोमोटर सेयर साधारणमा कन्भर्ट हुने कुरा त हामीले नियमन गर्ने हो । लगानीकर्तालाई असर हुने गरि कन्भर्ट हुँदैन । क्रमिक रूपमा बजारको अवस्था हेरेर मात्र हामीले स्विकृती दिने हुनाले लगानीकर्ता आत्तिनुपर्दैन । भारूको कारण ठुला लगानीकर्तालाई केही समस्या परेका बेला  साना लगानीकर्ता आत्तिएका हुन् । भारूको असर गहिराइमा त हामीलाई पनि थाहा छैन । त्यो गहिराइले नै यसलाइ असर गरेको हुन सक्छ , भारतमा पनि यसको ठुलो असर छ । र नेपालमा नगद कारोवारको हिसावले असर गर्ने भो । हामीले बजारलाई हेरिरहेका छौ । अर्को कुरा अहिलेका डेभ्लपमेन्ट, सुधार र प्रगतिले गर्दा आत्तिने अवस्था छैन ।

यतिबेला बजारमा राइट र बोनसको चापले पनि​  सेलिङ प्रेसर बढिरहेको छ । यसले माग र आपुर्तीमा सन्तुलन नहुने हो कि भन्ने चिन्ता पनि छ । मार्केटमा नयाँ क्षेत्रलाई भित्राउन कस्तो तयारी छ ?​

पूँजीको हिसावले अहिले यस्ता यस्ता संरचना बनेका छन् कि, सरकारले हालसालै ल्याएको सार्वजनिक  निस्काशन सम्बन्धी जुन नीति आयो, यसले पूँजीबजारमा अर्को ठुलो संरचनात्क फड्को मार्छ । फड्को कसरी मार्छ त भने, पहिलो कुरा रियल सेक्टर कम्पनीहरुलाई सेयर बजारमा भित्राउन योे ठुलो पाइला हो । पहिले ३० प्रतिशत इस्यु गर्नुपर्ने बाध्यता रहेकोमा अहिले १० प्रतिशते मात्र गर्दापनि हुने प्रावधान छ । यस्तै अहिलेसम्म हामी आइपीओ सेयरमा फिक्स्ड प्राईजमा गर्नुपर्ने थियो यसलाई ब्रेक गरेको छ । सेयर बजारको इतिहाँसमा २३ बर्ष पछि अहिले आएर यस्तो नीति बनेको छ । जुनकुरा सेयर बजार सुरुभएको ५–७ बर्षमै हुनु पर्ने थियो । अघिल्लो  बजेटले ट्याक्समा १५ प्रतिशतले छुट दिएको छ । यो कुराले रियल सेक्टरबाट आउन चाहनेको लागि राम्रो बाटो खोलिदिएको छ । अर्को महत्वपूर्ण के हो भने अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले लोकल करेन्सीमा बण्ड निकाल्न पाँउ भनेर धेरै अगाडि देखि माग गरीराखेका थिए । सार्वजनिक निश्कासनले लोकल करेन्सीमै बण्ड निकाल्न पाउने व्यवस्था भयो । लोकल करेन्सीमा बण्ड गर्न पाउने भइसकेपछि डलरको घढवढले समस्या पार्दैन । यसले मुद्रा स्फ्रीतिमा मद्धत पुर्याउँछ ।  बाहिरबाट रकम ल्याउँदा मुद्रा प्रदायमा असर गर्ने अवस्था रहेकोमा  अब लोकल मुद्रा हुने भो । यसको अर्थ लोकल मार्केटबाट मुद्रा लिने र लोकल मार्केटमै खर्च गर्ने हुनाले मुद्रा स्फ्रितीबाट बँचाउछ अथवा इक्युलेसनलाइ स्थायीत्व कायम गर्छ । अर्को कुरा बण्ड क्यापीटल मार्केटबाटै आउँछ । जसले पँुजी बजारलाई नै ठुलो बनाउँछ । सरकारले २ बर्ष अगाडि एडिबि र आइएफसीलाई ५०–५० अर्ब त लोकल करेन्सीमा निकाल्न दिइसकेको छ । त्यो १ खर्ब बजारमा आउँदा लोकल बजार त धेरै ठुलो हुने भयो । जसले सेयर बजारमा ठुलो फड्को मार्छ । मेनिपुलेसन, त्यहाँका कर्मचारीलाई केहि सेयर दिने व्यवस्था थियो  यसले यी सबै कुरामा  पारर्दशी र सुशानलाइ पनि जोड दिएको छ ।

तपाईले पूजीबजारमा तिब्र विकास भइरहेको र अब झनै फड्को मार्ने कुरा गरिरहँदा बजारमा मार्केट क्र्यास हुने भन्दै लगानीकर्ताले धमाधम सेयर बेचिरहेका छन् नि ?

यो कुरा जसले बजारमा नबुझिकन लगानी गरेका छन् उनीहरुको हो । नभए त त्यस्तो अतालिनु पर्ने, बजार क्र्यास भएर जानुपर्ने कुनै कारण नै छैन । किन छैन भने, अहिले हामी अटो मेसनमा गइसक्यौँ । नाम सारिले गर्दाँ त ठुला लगानी कर्ता पनि बोलेर अहिले असर गर्ने अबस्था छैन । अहिले सरकारले पनि सुधारका राम्रा नीति ल्याएको हुँदा पहिलेजस्तो डराउनुपर्ने अवस्था पनि छैन । अहिलेका अर्थमन्त्री पूजी बजारको विकास नभएसम्म अर्थतन्त्र राम्रो हुँदैन भन्दै सुधारका लागि लागिरहनुभएको छ । हरेक हिसाबले मैले त उत्साहित हुनुपर्ने अवस्था देख्छु । अर्थतन्त्रका परिसूचक पनि ठिकै छन् । सार्वजनिक निस्काशन सम्बन्धीको यो नीति पूजीबजारका लागि चानचुने कुरा होइन । हामी बजारलाई अवजर्भ गर्छौ, स्थिति हेर्छौ आफ्नो ठाउँबाट सोही अनुसार कदम चाल्छौँ । अव हामी रियल सेक्टरलाई लिएर आउँछौं  हामीले एनआरएनलाई झित्र्याउँदै छाँै । यसको लागि हामीले कमिटी गठन पनि गरिसकेका छौँ । यसमा धितोपत्र बोर्ड, राष्ट्रबैक र एनआरएनका प्रतिनीधि छन् । यसलाइ कार्यान्वयनमा ल्याउन छुट्टै ऐन ल्याउँदै छौं । यसले पनि नेपाली बजारलाई राम्रो गर्छ । श्रीलङकन मोडल प्रयोग गरेर सजिलो तरिकाले हामी बजारमा भित्रउँछौ यसलाइ मैले २०६४ मै यसको कन्सेप्ट पेपर तयार बनाएर मन्त्रालय पठाएको थिएँ । त्यसलाई अहिले सजिलो तरिकाले यसलाइ ल्याउन सकिन्छ ।

तपाईले भनेका संरचनाले पुजीबजारमा कायपलट नै हुन्छ त ?

निश्चय पनि कायपलट हुन्छ । अतालिनु भन्दा पनि स्थीर भएर बसेकैे राम्रो हुन्छ । कम्पनिको अवस्था, लगानीको अवस्था साथै कम्पनिको सबै कुरा बुझेर लगानी गरेका लगानी कर्ता आत्तिनु पर्ने अवस्था छैन र नबुझिकन लागानी गरेका लगानीकर्ता अत्तिएका हुन् । हामीले बजारको संरचना अत्यन्तै बलियो बनाएर लगिरहेका छौँ ।  अन्त्यमा  ट्रेडिङ ओटोमेसनले गर्दा हामी साउथ एसियामा पाँचौ नम्वरमा आएका छौँ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश  पछि हामी छौँ हामील इन्टरनेसनल सेक्युरिटिजको सदस्यता प्राप्त गर्यौ यसले गर्दा हाम्रो बजार प्रति अन्तराष्ट्रिय विस्वास पनि बढेको छ । आइओएसको मेम्वर हुनु भनेको नेपाली बजारको विश्वसामु विस्वास बढ्नु हो । यसले राम्रो म्यासेज लगेको छ । हामीले लोकल मार्केटमा त धेरै सुधार गर्याँै साथ साथै अन्तराष्ट्रिय बजारमा पनि सदस्यता प्राप्त गर्यौंँ । आइयसओ मेम्वर पनि हाम्रा लागि ठुलो उपलब्धी हो  । दोस्रो अन्नाको मेम्वर भयौं । अन्ना भनेको सेयर बजारमा टप अफ द वर्ड भन्छ । यसको मेम्वर भइकन अख्तियारी प्रत्याजोन गर्यौं । यसले गर्दा अन्तराष्ट्रिय बजारमा नेपालको आफ्नो छाप (इमेज) बढेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु