समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

कामना र सेवा विकास बैंक मर्ज हुँदै 

काठमाडौं, मंसिर १३ | बुटवलको सेवा विकास बैंक र पोखराको कामना विकास बैंकबीच मर्जरको सहमति भएको छ। दुर्इ बैंक मर्जपछि राष्ट्रिय स्तरको विकास बैंक हुनेछ। बैंकको नाम कामना सेवा विकास बैंक राखिने भएको छ। मर्जरपछि बैंकको अध्यक्षमा कामना बैंकका अध्यक्ष राजेन्द्रनिधि कोइराला र प्रमुख कार्यकारी अधिकृतमा सेवा विकास बैंकका महेशप्रसाद काफ्ले रहने बताइएको छ ।

कामना विकास बैंकको हालको चुक्ता पूँजी ६६ करोड १६ लाख ४९ हजार छ । सेवा विकास बैंकको भने चुक्ता पूँजी ४२ करोड ५५ लाख ५२ हजार छ। त्यस्तै, सेवा विकास बैंकले १ सय २० प्रतिशत हकप्रद शेयर जारीको सूचना आब्हानसमेत गरिसकेको छ।

कामना विकास बैंकले पनि बोनस शेयर वितरणपछि ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरिसकेको छ। मर्जरपछि एकीकृत बैंकको कूल पूँजी २ अर्व ६ करोड ६३ लाख हुनेछ। मर्जरपछि कूल निक्षेप ११ अर्ब ५५ करोड हुनेछ । कूल कर्जा १० अर्ब ८४ करोड हुनेछ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु