समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

१७ सय पैसा र एउटा तन्ना बोकेर काठमाडौं छिरेको थिए : धुर्मुस 

%e0%a4%a7%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%81%e0%a4%b86

झापाको गौराधामा जन्मिएका सिताराम कट्टेल नेपालका बहुचर्चित हास्यकलाकार हुन् । मेरीबास्सैबाट नेपालीको सामु प्यारो बन्दै गएका कट्टेल भूकम्पपछि धुर्मुस सुन्तली फाउन्डेसनबाट पूर्ननिर्माणमा दम्पति लागि परेका छन् । सरकारले गर्न नसकेको काम यी दम्पतीले गरेर देखाएपछि सरकारलाई नै चुनौती साबित गरेका छन् । भूकम्पपछिको पूननिर्माण, सरसफाई अभियान गर्दै बिगतका केही महिनादेखि देशलाई नै बालमैत्री बनाउने अभियानमा उनीहरु लागि परेका छन । नेपाल सरकारले सरसफाई दूतका रुपमा समेत नियुक्ति भएका दम्पति बालमैत्री चलचित्र “ज्योति” लिएर विभिन्न जिल्लामा पुगिरहेका छन् यही क्रममा काभ्रेमा पनि ज्योति चलचित्र प्रदर्शन गर्न आएका उनै धुर्मुससंग अनलाइन पत्रिकाका पुजन धितालले गरेको कुराकानी :-

पुजन धिताल र धुमुर्स अनलाईन पत्रिकाको लागि कुरा गर्दै

पुजन धिताल र धुमुर्स अनलाईन पत्रिकाको लागि कुरा गर्दै

O ज्योति चलचित्र लिएर कहाँ कहाँ पुग्नुभयो  ?

रामेछाप, दोलखा, सिन्धुपाल्चोक हुँदै हामी काभ्रेमा छौँ । काभ्रे चौथो जिल्लामा परेको छ । हामी यो चलचित्रलाई लिएर ७५ ओटै जिल्लामा पुग्दैछौं । यो चलचित्र अभिभाबक, विद्यार्थी, शिक्षक र जिल्लाका प्रमुख व्यक्तिहरुले हेर्न आवश्यक छ । चलचित्रमा समेटिएका सुचनाहरुलाई जीवनमा समावेस गर्न आवश्यक छ ।

ज्योति चलचित्रलाई पनि दर्शक माझ ल्याउँदा अझ प्रभावकारी हुन्थ्यो कि ?

यो धारावाहिक टेलिचलचित्र हैन । यो एउटा चलचित्र हो । यसलाई हामीले हिमालयन टिभी र कान्तिपुर टिभी तथा युट्यूब मार्फत पनि सार्वजनिक गरिसकेका छौँ । चलचित्र नै भएको कारणले गर्दा यसलाई चलचित्रकै रुपमा हेरिनु पर्छ । हरेक ठाउँबाट बालमैत्री अभियान थालेर सिङ्गो देशलाई बालमैत्री बनाउनुपर्छ । यो चलचित्र एकपटक हेरेर मात्र देशलाइ बालमैत्री बनाउन सकिदैन । देशलाई बालमैत्री बनाउने हो भने यो पटकपटक हेरिनुपर्छ । पटकपटक व्यबहारिकतामा ढालिनुपर्छ ।

O ज्योति चलचित्रलाई चाही मेरी बास्सै जस्तै गरि प्रशारण गर्न सकिन्न थियो ?

मेरीबास्सै त एउटा एजेंसी मार्फत आएको थियो । यो चाहि स्थानीय बिकास मन्त्रालय र युनिसेफ नेपालको सहयोगमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको हो । त्यसैले यसलाई छुट्टै बनाउनुपर्ने थियो । र मेरीबास्सैको जसरी यो बालमैत्री चलचित्र भएकाले त्यसरी प्रस्तुत गर्दा धुर्मुसको क्यारेक्टरले मनोरन्जन बढी दिने भएकाले दिनुपर्ने ज्ञान नआउला कि भनेर र यसलाई चलचित्र नै बनाउनुपर्ने भएकाले यसरी बनाइएको हो ।

बालमैत्री चलचित्र प्रस्तुत गरेर हिडिरहँदा तपाईको छोरीलाई चाही बाबुआमाको माया अभाब नहोला त ?

हुँदै हुँदैन । किनकी कुन्जनाको ममी मेरो सासु र दाइले हामीले भन्दा धेरै माया गर्नुहुन्छ । उसलाई बाबुममीको कमी छैन । हामीले गरेको कामको मूल्य बुझ्ने बेला भएपछि हाम्रो कामको मूल्यांकनगरि हामीलाई त्यतिबेला धन्यबाद भन्ने छिन् भन्ने आशा गरेका छौ ।

12742285_1244444205570376_5284579610537614261_n

O तपाइले अहिले सम्म बिर्सन नसकेको क्षण ?

सबैभन्दा बिर्सन नसक्ने ठुलो क्षण देशमा भूकम्प गयो । हामी धेरै रोएको पल थियो । त्यति बेला हामी सांस्कृतिक कार्यक्रमको लागि देश बाहिर गएका थियौं । हामी त्यतिबेला यति धेरै रोयौं, त्यो एउटा अबिस्मरणीय क्षण थियो । अर्काे कुरा हिजोको दिनमा १७ सय पैसा र एउटा तन्ना बोकेर काठमाडौं छिरेको म आज लाखौ शुभचिन्तकहरुको माया पाएको छु । त्योपनि अविस्मरणीय क्षण नै हो ।

आजसम्म आइपुग्दा एक ब्यक्तिले लगाउनु भएको बिर्सन नसक्नु भएको गुण ?

बिर्सनै नसक्ने गुण मलाई स्वर्गीय गणेश बि.कले गर्नुभएको छ । उहाँले मलाई गाउँमा नाटक सिकाउनु भएको थियो । उहाँले मलाई नाटक सिकाउनु भएको थियो । म काठमाडौं आइसके पछि मलाई सहयोग गर्ने खेम शर्मा चतुरे र जितु नेपाल मुन्द्रे दाई जो मेरो पर्दाको गुरु हुनुुहुन्छ । गितान्जलीमार्फत मलाई जितु नेपाल दाईले सहयोग गर्नुभएको थियो । त्यसैगरि केदार दाई ९माग्ने बुढा० उहाँको र मेरो सहकार्यले नै आज धुर्मुसको जन्म भएको हो ।

O धुर्मुस क्यारेक्टर कसरी उत्पन्न भयो ?

धुर्मुस क्यारेक्टर चाहीँ मेरी बास्सै एउटा गाउँले परिवारको बनाउने भनेपछि अत्यन्त उट्टफटाई तरिकाको भूमिका निस्कियो । अनि त्यसमा केदार दाई अनि दमन दाइले मलाई त्यो रोल गर्न सक्छ भनेर हौस्याउनुभयो । अनि धुर्मुस क्यारेक्टर चै मेरो एउटा गाउँको दाई धुर्मुस भन्ने हुनुहुन्थ्यो । त्यति बेलामा म चाहिँ काठमाडौंमा मार्केटिंग काम गर्दै भाडा बोकेर हिड्थे । त्यतिखेर यात्रा गर्ने क्रममा गाडीको स्टापको नाम धुर्मुस थियो । मैले त्यही साथीको क्यारिकेचर गरेको थिए ।

O कलाकार बन्ने सोच कसरी पलायो ?
हरेक कुरा सिक्दै आएँ । अनि सिक्दै पनि छु । म कुनै कलाकार बन्ने सोच बनाएर आएको हैन । बिशेष गरेर त म कलाकारितामा भन्दा बिज्ञ चाहीँ आर्टमा थिए । चित्र बनाउथेँ । ब्यानरहरु लेख्थे । डिजाइनहरु गर्थे । त्यही आर्टले गर्दा मैले एकीकृत बस्ती बसाउन सफल भएँ । बस्ती कस्तो प्रकारको बसाल्नु पर्छ ? घर कस्तो प्रकारको बनाउनुपर्छ ? सुन्दरता पहिलो प्राथमिकता हुनु पर्छ । हाम्रो जस्तो प्राकृतिक सुन्दरता भएको देशमा बन्ने संरचना सुन्दर बनायो भने मात्रै हामी लार्खौ करोडौ पर्यटक भित्राउन सक्छौ ।

7709_1244439878904142_7361560436328397241_n

O तपाईँ आफ्नो श्रीमतीदेखि खुशी हुनुहुन्छ ?

उनी मेरो अक्सिजन नै हुन् । किनकी भूकम्पले सबैलाई घरबार बिहिन बनाएको अबस्थामा उनले आफुले बनाएको घर समेत बेचेर भूकम्प पिडितहरुलाई सहयोग गर्न हिडेकी थिइन । यस्तो श्रीमतीदेखि कुन चाहीँ श्रीमान खुशी नहोला त ? उनी एकदम सहयोगी भावना भएकी नारी हुन् । उनी मेरो हरेक कुरामा सपोर्ट गर्ने गर्छिन । यदि मेरो जीवनमा उनी र उनको जीवनमा म नभएको भए आजको यी कार्यहरु सफल हुने थिएन ।

अन्तमा के भन्नुहुन्छ ?

बिशेषगरि तपाईँलाई धन्यबाद । आजको दिनसम्म तपाईँहरुको माया पाएका छौँ । एकपछि अर्का गर्दै नयाँ अभियानहरु लागीरहेका छौँ । आगामी दिनमा पनि सम्पूर्ण नेपाली जनताको साथ सहयोग र मायाको अपेक्षा गर्दछु ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु