समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारकाे छैठौं महाधिवेशन हुद‌ै 

काठमाडौं, १० मङ्सिर । “पहिचान अधिकार सहितको संघियता,आदिवासी जनजातीको अडान,अधुरो,अपुरो,संविधान संशोधन का लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ नेपाल प्रवासी अादिवासी जनजाति महासंघ कतारकाे छैठाै अधिवेशन हुने भएकाे छ।

एेतिहासिक महाधिवेशनलाई पुर्ण सफल बनाउनका लागी १८ नोभेम्बरका दिन बसेको बैठकले आवद्ध छाता संगठनका पद्धेन पदाधिकारीहरूको छलफल र अहिले सम्मको सम्पूर्ण तयारीको बारेमा समिक्षा गरी अाफ्नाे कार्यविभाजनमा रहेकाे कामलाई मूर्त रूप दिन कृयाशील विभिन्न १३ मातृ संस्थाहरू गृहकार्यमा जुटेका छन्।

खासगरी प्रवासमा रहेर पनि देशकाे अवस्थामा चासाे लिएर विभिन्न हक अधिकारका निम्ति अावाज उठाउने उदेश्यले संस्था स्थापित गरि हाल यहाँसम्म अाएकाे संस्थाका महासचिव पुरूषाेतम सुनुवारले बताए।

साथै उक्त महाधिवेशनमा कतारमा स्थापित विभिन्न कृयाशील क्षेत्रीय,वैचारिक,धार्मिक तथा साँस्कृतिक, संघ, संस्था, संगठन, बुद्धिजीवी, समाज सेवी एवं सम्मानित व्यक्तित्व साथै स्थानिय पत्रकार बन्धु समक्ष पत्राचार गरीएकाे र कारणबस निमन्त्रणा पत्र नआई पुगेको खण्डमा यही सुचनालाई आधार मानी गरिमामय उपस्थितिका लागि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ आयोजक समिति परिवार हार्दिक अनुरोध गरीएकाे महासंघका महा- सचिव पुरूषोतम सुनुवारले  बताए।

महाधिवेशन आउँदो डिसेम्बर-२ शुक्रबारका दिन दोहा स्थित अल नख्यान रेष्टुरेण्टको सभाहलमा हुँदै छ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु