वायुसेवा निगम : युरोपदेखि जापान, अनि अहिले नी !

loading...

नरेन्द्र चुदाली
अहिले हामीले कमजोर रुपमा देखिरहेको सरकारी हवाई प्रदायक वायुसेवा निगम यस्तो हवाई प्रदायक सस्था हो जसले, सन् १९६० मा आईकाओ को सदस्य बनेसँगै आफ्नो यात्रालाई भारतको दिल्ली कोलकत्ता मुम्बई, हुँदै युरोपदेखि जापानसम्म तय गरेको थियो । सहजै अनुमान गर्न सकिन्छ कि कुनैबेलाको त्यस्तो अब्बल निगम आज हामी कुन हालतमा देख्दै छौ भनेर ।
जनतालाई सुरक्षित तथा भरपर्दो हवाई सेवा उपलब्ध गराउने उद्देश्यका साथमा सन् १९५८ जुलाई १ तारिखबाट आफ्नो यात्रा तय गरेको पुर्ण सरकारी स्वामित्वमा रहेको हवाईसेवा प्रदायक नेपाल वायुसेवा निगमले आधा शताब्दी पनि पार गरिसकेछ । सायद यो आधा शताब्दी भनेको कुनै संस्था त के सिङ्गो युग परिवर्तनकै लागि काफि हुन्छ । तर देशको पहिलो हवाई सेवा प्रदायक संस्थाले तय गरेको आफ्नो आधा शताब्दीको महत्वपुर्ण यात्रा सुखद रहन सकेन । बिडम्वना नै भन्नुपर्छ हाम्रो वायुसेवा निगम ले थप प्रगति गर्नु त परेकै कुरा हो, भएको गुणस्तर र दिईरहेको सेवालाई समेत टिकाउन असफल भयो ।

2016-09-12-14-59-35-786-1-1सायद यो देशकै हवाई क्षेत्रको लागि सुखद पाटो होईन । किनकि निगम समग्र हवाई क्षेत्रकै महत्वपुर्ण अंग हो । कुनै समयमा दक्षिण एसियाकै उत्कृष्ट कहलिएको वायुसेवा निगम आज यसरी पछाडी परेको छ कि अन्य वायुसेवा संग प्रतिस्पर्धा गर्नु त परैको कुरा हो आफ्नै अस्तित्व रक्षा गर्न संर्घष गर्नुपर्ने अवस्थामा छ । वायु सेवा निगम सँगसँगै स्थापना भएका कतार एयरलायन्स, मलेसियन एयरलायन्स आज कँहा पुगे ? कुनै समय तीनैलाई टक्कर दिने हाम्रो निगम कँहा छ सायद भनिरहनु पर्दैन किनकि यथार्थ हाम्रै अगाडि हाजिर छ । वायुसेवा निगम यसरी खुम्चिनु परेको छ कि त्रिभुवन विमानस्थलबाट हुने हवाई सेवाको जम्मा तीन प्रतिशत हिस्सा मात्र नेपाल एयरलायन्सले ओगटेको छ । जहाजको खरिद पक्रियामा हुने ढिलासुस्ती, दुर्घटना पश्चात नयाँ जहाज परीपुर्ति गर्न नसक्नु र कमिसनको खेलले पर्याप्त जहाज उपलब्धताको अभावमा आन्तरिक उडानको हिस्सा पनि कम हँुदै गईरहेको छ । जसबाट निगमको आर्थिक स्रोत खुम्चिँदै गईरहेको छ ।

कारण के हुनसक्छ ?
आफ्नो यात्रामा वायुसेवा निगमले धेरै आरोह–अवरोहको सामना गर्नु प¥यो । कहिले पञ्चायत ब्यहोर्नु प¥यो त कहिले राजा अनि कहिले बहुदल त अहिले आएर गणतन्त्र सँग सहयात्रा गर्दै छ । यसकारण वायुसेवा निगम आजको स्थिति आउनुको सम्पुर्ण दोष नै राजनीतिलाई दिँदा कुनै अन्याय हुँदैन । किनकि निगममा राजनीतिक हस्तक्षेप नहुँदा यसरी प्रगति भएको थियो कि निगमले छोटो समयमै आफ्ना उडान फ्रान्स देखि जापानसम्म भर्न सफल भएको थियो । आन्तरिक उडानमा पनि आफ्नो दरिलो उपस्थिती जमाएको थियो ।
कुनै समय निजि क्षेत्रका विमान कम्पनीहरु संञ्चालनमा नआउँदा पनि देशमा आवश्यक हवाईसेवाको सम्पुर्ण चाप निगमलेनै थेगेको थियो । जब राजनैतिक परिवर्तन भए तबबाट निगमका उल्टा दिन सुरु भए । दलहरु निगमलाई कमाई खाने भाडो बनाए । आफ्ना कार्यकर्तालाई जागिर लगाईदिने अखडा बनाए । निगम भित्रैका कर्मचारीले गुठबन्दी र राजनीति गर्नाले निगमका काम कारवाही र व्यावस्थापकीय क्षमतामा गम्भीर असर पुग्न गयो । क्षमता र दक्षताको आधारमा कर्मचारी र व्यवस्थापक छान्नु पर्नेमा राजनैतिक पहुँच र शक्तिका आधारमा छान्न थालीयो । विकृत राजनीतिको छायाँमा निगम यसरी फस्यो कि त्यहा जहाजका पाठपुर्जा खरिददेखि नँया जहाज किन्नेसम्म, सबैमा कमिसनको फोहरी खेल हावि भयो । यतिसम्म लाजमर्दा हर्कत गरिए कि जहाजका टायरसम्म चोरीन थालिए । त्यो पनि निगमभित्रकै कर्मचारीबाट । निगमको कमजोर व्यवस्थापनले गर्दा नत भएका जहाज मर्मत भए नत नँया खरिद हुन सके । खरिद भए पनि पर्याप्त खरिद हुन सकेनन् । र, कमिसनको चलखेलले गर्दा खरिद भएको जहाजको गुणस्तरमा पनि प्रश्न चिन्ह उठ्न थाले । काम प्रभावकारी गर्नु त परै जाओस् कर्मचारीलाई बोनसको हतारो हुन थाल्यो ।
यसरी नै निगमको ओराला दिन सुरु हुन पुगे । कुनै पनि संगठन तथा संस्थाको सफलताका लागि व्यवस्थापन र कर्मचारी परिचालनमा प्रभावकारिता हुनपर्छ तर निगम यी दुवै कुरामा असफल सावित भयो त्यसको परिणाम आज हाम्रै सामु छर्लङ्ग छ ।

जनताको माया नै प्रगतिको लागि उर्जा बन्न सक्छ ।
देशकै गौरवको रुपमा रहेको राष्ट्यि ध्वजावाहक नेपाल वायु सेवा निगमप्रति नेपाली जनताको ठुलो आस्था र भरोसा छ । भौगोलिक रुपले विकट नेपालका दुर दराजका जनताहरुलाई निजी क्षेत्रका विमान कम्पनी संञ्चालनमा नआईसकेको अवस्थामा नेपाल वायुसेवा निगमले दिएको साथ र सुविधालाई ती पश्चिम कर्णालीदेखि पुर्व सोलुखुम्बुका जनताले कहिल्यै विर्सने छैनन् । गाडि नपुगेका विकट पहाडी भेगका जनताको लामो समयदेखि हरपल सुखदुःख को सारथी बनेको निगमप्रति जनताको अथाह माया छ । जनताको सद्धभाव र माया नै नेपाल वायुसेवा निगमको प्रगतीका लागि काफी उर्जा हुन्छ । वायु सेवा निगम यस्तो संस्था हो जसले, जुम्लाका सुत्केरीदेखि खोटाङका वृद्ध विरामीसम्मको आर्शिवाद प्राप्त गरेको छ । अहिले जे जस्तो परिस्थिती भएपनि निगम अब अगाडि बढ्नु जरुरी छ । त्यसको लागि दुर–दराजकादेखि सहरका धनाण्य सम्मको साथ समर्थन र आर्शिवाद छ । किनकि निगम हाम्रो राष्ट्रियतासँग पनि जोडीएको छ । यसमा हाम्रो राष्ट्रिय ध्वजा गासिएको छ ।

चुनौती र अवसर
वायुसेवा निगम राजनैतिक परिवर्तनपछि जुन थलिएको अवस्थामा थियो । अहिले त्यसबाट विस्तारै उठ्ने प्रयासमा छ । र, अहिले प्रतिस्पर्धा तिब्र हुँदै गईरहेका बेलामा अन्य प्रदायकसँग प्रतिस्पर्धा गर्दै जनताको मन जित्नु निगमको प्रमुख चुनौती हो । आफ्नो सेवालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित, सर्वसुलभ बनाउँदै लैजानु निगमको अबको कार्यदिशा हुनुपर्छ । पछिल्लो समयमा सेवा विस्तारको उदेश्यले भित्राईएका चिनिँया जहाजहरुको व्यवस्थापनसमेत निगमको लागि चुनौती बनेको छ । २०७१ बैशाख १४ मा २८ बर्षपछि ५६ सिट क्षमताको चिनिँया जहाज (Modern ark) Ma 60 र ०७१ कै पौषमा अर्को चिनिँया जहाज Y12E खरिद गरि सेवा विस्तार गरेको छ । अन्र्तराष्ट्रिय उडानमा भएको कमजोर उपस्थितिलाई सुधारको महसुस गर्दै निगमले थप ठूला जहाज पनि खरिद गरेको छ । ०७१ पौषमा चिनिँया जहाज खरिद गरेको निगमले ०७१ कै माघ महिनामा सगरमाथा नामकAirbus(A320) र २०७२ बैशाख १८ मा लुम्बिनी नामक Airbus (A200) खरिद गरि नियमित संञ्चालनमा ल्याईरहेको छ । यी दुवै फ्रान्समा निर्मित हुन् । अत यी जहाजको नियमित संञ्चालन, मर्मत सम्भार गर्नु निगमको लागि चुनौति हुनेछ । किनकि चिनिँया जहाजमा पटक–पटक समस्या आएर ग्राउण्डेड भईरहेका छन् । पछिल्लो समय निगमका अन्र्तराष्ट्रिय उडानमा लगातार जसो समस्या देखिरहेका छन् । यस्ता कुराहरुको समाधान गर्दे निगमले दिर्घकालीन लक्ष्य तय गर्नु जरुरी छ ।

बजारको समस्या छैन्
बजार विस्तारको लागि निगमलाई कुनै समस्या छैन । आन्तरिक उडान त छँदैछ । दिनहुँ सयाँ युवा खाडी देश जान बाध्य छन् । त्यो पैसा सबै विदेशी विमान कम्पनीले लिएर गएका छन् । यदी निगमले त्यस्ता देशलाई लक्षित गरि सेवा विस्तार गरेमा त्यो पैसा बाहिर जान पाउने थिएन । पछिल्लो समय निगमले दुवई का लागि उडान थप गरेपनि त्यो अपर्याप्त छ । पर्यटकलाई लक्षित गर्दै निगमले उडान थपेमा त्यसबाट पनि निगमलाई राम्रो आम्दानी हुन्छ । यदी निगमले बौद्धिष्टहरुको वाहुल्यता भएका देश जस्तै श्रीलंका, भुटान र चीन जस्ता देशहरुमा सेवा विस्तार गरेमा त्यसबाट पर्यटनको विकासमा पनि टेवा पुग्छ र निगमलाई पनि फाईदा पुग्नेछ । अतः निगमलाई अगाडी बढ्न बजारको कमि छैन् । मात्र ईच्छाशक्ति हुनुपर्यो, ब्यबस्थापन राजनैतिक हस्तक्षेपमुक्त र चुस्त हुनुप¥यो, निगमको प्रगतिको ढोका स्वतः खुल्नेछ । यसमा राष्ट्«िय ध्वजावाहक भएको नाताले आम जनताको माया सद्धभाव र साथ रहिरहने छ । किन हामी पछाडी पर्ने ? हाम्रो राष्ट्रिय ध्वजा वाहक विमानले अब युरोप अमेरिका का साथै जापान सम्म उडान भर्नु पर्छ । जसबाट हाम्रो पर्यटन कला संस्कृतकिो प्रबद्र्धन हुनेछ । हाम्रो समृद्धीको यात्रामा निगमको विकास र विस्तार पनि अपरिहार्य छ । भनिन्छ जसलाई बढी माया गरिन्छ त्यसको आलोचना र गाली पनि बढी नै गरिन्छ रे । सायद जनताको धेरै माया र विश्वास भएर होला निगमप्रति जनताका आलोचना सुझाव र खवरदारी धेरै आउने गरेका छन् । यसलाई निगम व्यवस्थापनले सोही ढंगलेनै बुझ्नु उपयुक्त हुनेछ ।

तपाईंको प्रतिकृया
Loading...