समावेशी खबर र आवाजको संवाहक|Tuesday, January 17, 2017

अब कक्षा १२ मा मात्र एसएलसी, कक्षा ११ को बोर्ड परीक्षा दिनु नपर्ने … 

काठमाडौँ, मंसिर ३ | अब विद्यार्थीहरुले कक्षा ११ को अन्तिम दिने बोर्ड परीक्षा पनि दिनु नपर्ने भएको छ । सरकारले शिक्षा ऐन २०२८ को आठौं संशोधन गर्दै कक्षा ११ मा लिइने बोर्ड परीक्षा खारेजी गरेको हो । अब कक्षा ११ को परीक्षा आन्तरिक रुपमा विद्यालयले नै लिने व्यवस्था गरिएको छ ।

संशोधित व्यवस्था अनुससार अब विद्यार्थीले  माध्यमिक तहको कक्षा १०  र माध्यमिक तहको अन्त्यमा हुने  कक्षा १२ को अन्तिममा मात्र बोर्ड परीक्षा दिनु पर्ने छ । अब कक्ष १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा भनिने छ । र, यो परीक्षा राष्ट्रिय परीक्षा बोर्डको मातहतमा क्षेत्रीयस्तरमा सञ्चालन हुने छ । यस्तै कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा भनिनेछ र यो रासष्ट्रियस्तरमा सञ्चालन हुनेछ ।%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be

शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यो नयाँ व्यवस्था लागू हुन लागेको हो।

यसअघि एसएलसी परीक्षा कक्षा १० र एसएलसी परीक्षा कक्षा १२ राख्ने विषयमा धेरै छलफल भए पनि सुझाबका आधारमा शिक्षामन्त्रीस्तरीय निर्णयबाट परीक्षाको नामकरण भएको हो ।

मन्त्रालयले १८ कात्तिकको निर्णय २३ कात्तिकमा राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । १९९० देखि कक्षा १० मा एसएलसी परीक्षा सञ्चालन हुँदै आएको थियो । ०७३ देखि निरन्तरतामा ब्रेक लाग्ने भएको छ । अर्को व्यवस्था नहुन्जेल कक्षा १० को परीक्षा पहिलेदेखि सञ्चालन गर्दै आएको कार्यालयले गर्नेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु