समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

‘अझै पनि सहकारीप्रति आकर्षण बढ्दो छ’ 

सहकारी संवाद

ललितपुर, कात्तिक ३० | सहकारीले सर्वसाधारणसँग रहेको पूँजीलाई संकलन गरि आर्थिक गतिविधि सञ्चालन गर्ने गर्दछ । नेपालमा सहकारी सम्बन्धि गतिविधि व्यापक रुपमा बढ्दै गईरहेको छ । बैंक तथा फाइनाइन्स भन्दा कारोबार गर्न सहज भएर पनि सहकारी प्रति सर्वसाधारणको आकर्षण बढ्दो छ । सहकारीलाई नियन्त्रण गर्न सरकारले नीति विद्यानले बाध्नुपर्ने व्यापक बहस एकातिर बढिरहेको छ भने अर्कातिर सहकारीलाई सरकारले अनावश्यक हस्तक्षेप गरेको बहस पनि चलिरहेको छ । व्यापक मात्रामा सहकारी गतिविधि रहेको ललितपुर जिल्लामा सहकारीको अवस्था के रहेको छ भनेर डिभिजन सहकारी कार्यालय ललितपुरका सूचना अधिकारी धर्मराज रोकायसँग अनलानइन पत्रिकाका रामचन्द्र मिश्रले गर्नु भएको संक्षिप्त कुराकानी :15045684_213386132420988_1513308647_n

व्यापक मात्रामा सहकारी गतिविधि रहेको ललितपुर जिल्लामा वर्तमान अवस्था कस्तो रहेको छ ?

ललितपुरमा हाल ११५४ सहकारी दर्तामा रहेका छन् । धेरै सहकारीले नयमित रुपमा आफ्नो गतिविधि सञ्चालन गरिरहेका छन् । समग्रमा सहकारी गतिविधि बढ्दै गईरहेको छ ।

दर्तामा रहेका सबै सहकारी संस्थाहरु सबै सक्रिय रहेका छन् त ?

करिब आठ सय सहकारीहरु सक्रिय रुपमा सञ्चालन भईरहेका छन् । अन्य सहकारी संस्थाहरु विविध कारणले जति सक्रिय भएर अगाडि बढ्नुपर्ने हो त्यो पाईएको छैन ।

विगतको एक दशक बित्दा सहकारी संस्थाहरुको संङ्ख्यामा व्यापक वृद्वि भएको पाइएको छ । अहिले पनि सहकारी संस्थाहरु दर्ता हुने क्रम जारी छ ?

हो, शहर केन्द्रित सहकारी सस्थाहरुको सङ्ख्यामा व्यापक वृद्वि रहेको छ । अहिले नगरपालिकाभित्र सहकारी दर्ताको अवस्थालाई निरुत्साहित गरिएको छ । कृषि, पर्यटन, उपभोक्ता जस्ता सहकारीहरुलाई एउटा वडा कार्यक्षेत्र दिएर दर्ता गर्न दिईएको छ । यस्ता सहकारी संस्थाहरुले विशेषगरि ग्रामीण क्षेत्रमा कार्यक्षेत्र बनाएर आफ्नो गतिविधि संचालन गर्न सक्नेछन् ।

नेपालमा सहकारी संख्या व्यापक भएकाले दुई वा दुई भन्दा बढि सहकारी संस्थाहरु गाभ्नुपर्ने आवाज उठिरहेको छ नी !! डिभिजन सहकारी कार्यलयले ललितपुरमा सहकारीहरु गाभिएको पाएको छ त ?

सहकारी गाभेर चलाउने सरकारको राष्ट्रिय प्राथमिकतामा परेको जल्दोबल्दो विषय हो तर यो ऐच्छिक विषय भएकाले दुई वा दुईभन्दा बढि संस्थाहरुबीच समझदारी भएमात्र यो संम्भव रहने देखिन्छ । कतिपय संस्थाहरु गाभिने प्रक्रियामा रहेपनि संचालक समितिको रहने भन्ने बिवादले यो विषयले सार्थकता पाएको छैन । ललितपुरमा पनि केहि सहकारी संस्थाहरु गाभिएर संचालनमा रहेका छन् भने केहि गाभिने प्रकृयामा रहेका छन् ।

समग्रमा सहकारी संस्थाहरुको अनुगमन गर्दा कस्तो अवस्था पाइएको छ त ?

डिभिजन सहकारी कार्यलयले सहकारीहरुको अनुगमन गर्दा निश्कृय रहेका सहकारीहरुलाई खारेजी गरेको छ र नियमित आफ्नो गतिविधि संचालन नगर्ने सहकारीलाई पारदर्शि हुन सुझाव दिएको छ । विगतको केहि समयलाई हेर्दा डिभिजन सहकारी कार्यलयले केहि सहकारीहरुलाई खारेजी पनि गरेको छ । ८० वटा सहकारी अहिले अनुगमनको क्रममा छन् । यो वर्षभरि डिभिजन सहकारी कार्यलयले २५० ओटा सहकारी संस्थाहरु अनुगमन गर्नेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु