समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

अनुमति पाएको एक महिनामै सेवा सुरु हुँदै एनसेलको फोरजी प्लान 

4g-internetकाठमाडौँ, कात्तिक ३० | मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनको कार्ययोजना पेश गरेको छ ।

सेवा सञ्चालन अनुमति पाएको एक महिनामै सेवा सुरु गर्न सक्ने प्रतिबद्धतासहित एनसेलले कार्ययोजना पेश गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

प्राधिकरणले तिहार अगाडि नै एनसेलसँग कार्ययोजना माग गरेको थियो । तर, एनसेलले भने अहिले उपलब्ध ११ मेगाहर्ज व्याण्डबाट फोरजी सञ्चालन हुन नसक्ने भन्दै थप व्याण्ड सहित कार्ययोजना पेश गरेको अर्यालले बताए ।

नेपाल टेलिकमले भने यसअघि नै पुस १५ गतेबाट फोरजी सेवा सञ्चालन गर्ने गरी अनुमति पाइसकेको छ । ‘एनसेलले पठाएको विरवरणमा अहिले छलफल भइरहेको छ’ अर्यालले भने, ‘अब अनुमति दिने/नदिने विषयमा विस्तृत अध्ययन पछि निर्णय हुन्छ ।’

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु