समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

दुई महिनाअघि साउदी अरबमा निधन भएका हलवाइको शव नेपाल ल्याउन निर्देशन 

काठमाडौँ, कात्तिक ३० | प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिनाअघि साउदी अरबको दम्माममा निधन भएका नेपालगन्ज– ४ बाँकेका मोहमद अकबर हलवाइको शव तुरुन्त स्वदेश ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन्।Saudi-work-visa-1024x677

प्रधानमन्त्रीले सोमबार परराष्ट्र मन्त्रालय मार्फत साउदी अरबका लागि नेपाली दूतावासलाई निर्देशन दिएका प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्रीले परराष्ट्र सचिव शङ्करदास वैरागीलाई हलवाइको शव तुरुन्त नेपाल ल्याउन निर्देशन दिएङ्का र सोही आधारमा प्रक्रिया अगाडि बढेको मन्त्रालयले आज जनाएको छ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै सचिव वैरागीले साउदी अरबका लागि नेपाली कावा राजदूत आनन्द शर्मालाई प्रधानमन्त्रीको निर्देशन अवगत गराएका थिए। कावा राजदूत शर्माले हलवाइको शव स्वदेश ल्याउने व्यवस्था गर्न दूतावासले आवश्यक पहल गरिसकेको र प्रक्रिया मिलाएर तीन दिनभित्रै शव नेपाल आउने विश्वास दिलाएका मन्त्रालयले जनाएको छ।

– रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु