कुमारी बैंकको नाफा १८२ प्रतिशतले वृद्धि

loading...

काठमाडौँ, कात्तिक ३० । कुमारी बैंकको नाफा १८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा जम्मा ४ करोड ८६ लाख नाफा कमाएको बैंकले ८ अर्ब ८८ करोड बढाएर १३ अर्ब ७४ करोड रुपैंयाँ नाफा कमाएको हो ।kumari bank

बैंकले तीन महिनामा ४० अर्ब निक्षेप संकलन गरेर ३२ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले ६७ करोड ब्याज आम्दानी गरेर ४१ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४९ पैसा छ भने प्रति सेयर नेटवर्थ १५५ रुपैंयाँ ६४ पैसा रहेको छ ।

२ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।

तपाईंको प्रतिकृया
Loading...