समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

लाइफ ईन्स्योरेन्स कम्पनीलाई फाईनान्सियल अफ द इयर अवार्ड 

काठमाडौँ, कात्तिक ३० ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी फाईनान्सियल ईन्टिच्यूसन अफ द इयर, ईन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । विश्वव्यापी परामर्शदाता फ्रोस्ट एण्ड सुलिभानले काठमाडौंमा आयोजना गरेको पहिलो “विकास अन्वेषण र नेतृत्व सम्मेलन २०१६” कार्यक्रमको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो । उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झालाई प्रदान गरिएको थियो ।उक्त कार्यक्रममा अधिकृत झाले अभिकर्ताहरुको मेहेनत तथा संचालक समितिको मार्गदर्शनको प्रतिफल रहेको बताए ।image-2

यसै वर्ष कम्पनीले न्यूबिजिनेस एज प्रा.लि. द्धारा आयोजित बेष्ट म्यानेज लाइफ इन्सुरेन्स कम्पनी अवार्ड पनि प्राप्त गरेको छ ।  कम्पनीले चालु आ.व. २०७३।०७४ को प्रथम त्रैमासिक अवधिसम्ममा वैदेशिक रोजगार बीमाशूल्क समेत गरि प्रथम वर्ष बीमाशुल्क आम्दानी करिब रु.६२ करोड हासिल गरेको तथा नविकरण बीमा शुल्क करिब रु.२०९ करोड हासिल गरि कुल बीमाशुल्क आम्दानी करिब रु.२७१ करोड हासिल गरिसकेको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु