समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

आज चन्द्रमा पृथ्वीबाट ७० बर्षकै सबैभन्दा नजिक 

moon-sleep-children

सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक देखिने भएको छ । पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा सोमबार ७० बर्षकै सबैभन्दा नजिक आउन लागेको हो । आइतबार र सोमबार बेलुका देखिने जस्तै चन्द्रमा अव सन् २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ । चन्द्रमा जव पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसैलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुग्ने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ ।

यसअघि २००४ सालको माघ १३ गते चन्द्रमा यति नजिक आएको थियो । खगोलविद्हरुले त्यतिबेलाको चन्द्रमाको स्थितिलाई ‘एउटा अलौकिक अवस्था’ को संज्ञा दिएका थिए । झन्डै सात दसकपछि देखिने यस्तो घटना हेरेर अनुभूति गर्न उनीहरुको सुझाव छ । उक्त चन्द्रमा जो कोहीले नांगो आँखाले हेर्न सक्नेछन् ।

‘वर्षभरिका १२ महिनाका पूर्णिमाको चन्द्रमालाई १२ नामले चिन्ने गरिन्छ भने यो महिना नोभेम्बरको चन्द्रमाको नाम ‘विभर मुन’ भनेर चिनिन्छ ।’ २९ गते सोमबारको उक्त दिन साँझमा टेलिस्कोपबाट चन्द्रमा हेर्ने व्यवस्था तक्षशिला एष्ट्रोनमी क्लबले मिलाएको छ । तक्षशिला एकेडेमीको छतबाट हेर्ने व्यवस्था निशुल्क हुनेछ ।

चन्द्रमा पेरिग्रीभन्दा १४ प्रतिशत बढीले पृथ्वीको नजिक रहन्छ । यसै कारणले सुपरमुनको बेलामा चन्द्रमा सामान्यभन्दा १४ प्रतिशतले ठूलो र ३० प्रतिशतले उज्यालो रहन्छ । भोलि बेलुका सााझ ५ बजेर ७ मिनेट जाँदा चन्द्रमा पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ, अर्थात चन्द्रमा पेरिग्री बिन्दूमा हुनेछ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु