समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

ट्रम्पले बोलेका कुरामा अडिग रहे, नराम्रोसँग फस्नेछन् भारत र चीन 

काठमाडौं, कात्तिक २७ | संसारमा एसियालाई ‘मैन्युफैक्चरिंग हब’का रुपमा लिइन्छ । मैन्युफैक्चरिंग (निर्माण)मा चीन सबैभन्दा अगाडि छ । भनिन्छ कि चीनको धेरैजसो अर्थव्यवस्था उसले उत्पादन गरेका सामाग्री निर्यातमा टिकेको छ । तर, हालै अमेरिकामा निर्वाचित नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प यदि आफूले बोलेका कुरामा अडिग रहेभने चीनलाई मात्र नोक्सानी होइन् यसको असर पुरै एसियामा पर्नेछ ।trump-74856813

चीनमाथि अमेरिकी कुटनीति कसैबाट लुकेको छैन् । चीन सधैजसो ट्रम्पको निशानामा रहिआएको छ । ट्रम्प चिनियाँ सामानमाथि पेनाल्टी टैरिफ लगाउन चाहन्छ । ट्रम्पको चीनलाई हेर्ने दृष्टिकोण यो कुराबाट पुष्टि हुन्छ कि उनले आफ्ना तमाम क्याम्पेनमा चीनलाई करेन्सी विगार्ने अर्थव्यवस्थाको आरोप लगाइसकेका छन् । यो पनि भनेका थिए कि म राष्ट्रपति भए चीनलाई ठिक ठाउँमा ल्याउँछु ।

समाचार संस्थाका अनुसार ट्रम्पको सम्भावित चीनमाथि उठाउने कदममा जवाफ दिँदै यदि चीनले बदलाको भावनाबाट कदम उठायो भने यसको असर पुरै एसियामा पर्ने निश्चित छ । यो क्रममा भारत पनि फस्नेछ । यद्यपी ट्रम्पलाई मोदी सरकारले आफ्नो फेवरको हुने विश्वास लिएको छ ।

के बदलाको भावनामा उत्रिनेछ चीन ?xi-650x528

अमेरिकाका अधिकांश आर्थिक विश्लेषकहरुले ट्रम्प सरकारलाई एसियाका लागि चुनौति बताइरहेका छन् । खासगरी चीन र फिलिपिन्सका लागि । गोल्डमैन सैक्स इनका एक आर्थिक विश्लेषकले एक नोटमा लेखेका छन् कि ट्रम्प सरकार आएपछि व्यापारलाई लिएर चीनसँग मात्र दुई विकल्प हुनेछन् । या त कमजोर निर्यातका कारण विकासदरमा गिरावट स्वीकार गर्नु वा फेपर बदलामा कारवाही गर्नु ।

सबैभन्दा बढी घाटा दक्षिण कोरिया र फिलिपिन्सलाईpark-geun-hye_2507945b

ट्रम्प सरकारबाट सबैभन्दा बढी घाटा दक्षिण कोरिया र फिलिपिन्सलाई हुनसक्छ । ट्रम्प कोरियासँग गरिएको २०१२ ट्रेडको आलोचना गर्छन् । ट्रम्पले भनेका थिए कि यो सम्झौताबाट १ लाख अमेरिकी नागरिकको जागिर खोसियो । यसका अलावा ट्रम्प यो पनि फैसला लिन सक्छन् कि जो सुरक्षा अमेरिकाले दक्षिण कोरियालाई दिएको छ त्यो फिर्ता लिने । अर्थात पूरा खर्च दक्षिण कोरियाले उठाउनुपर्नेछ ।

यस्तै, ट्रम्पले आफ्नो अप्रवास प्रतिबन्ध नीति कार्यान्वयन गरेमा यसबाट फिलिपिन्स अप्ठेरोमा पर्न सक्छ । फिलिपिन्सका ३५ प्रतिशत नागरिक त एक्लै अमेरिकामा काम गर्छन् । यसका अलावा दक्षिण–पूर्व एसियामा फिलिपिन्स अमेरिकालागि सबैभन्दा बढी आयात गर्ने देश हो । ट्रम्पले अमेरिकीहरुको जागिर फिर्ता ल्याउने चुनावी प्रतिबद्धता कार्यान्वयन गरे यसबाट फिलिपिन्स दिनगन्ती सुरु हुने निश्चित छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु