समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

एक साताको सेयर कारोबार पौने तीन अर्ब 

काठमाडौं, कात्तिक २७ | धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ। कारोवारको हिसाबले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो ।

यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो। सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो। यस्तै, मङ्गलबार पनि बजार २४ दशमलव ६३ अङ्कले घटेर एक हजार ७२४ दशमलव ४९ अङ्कमा ओर्लिएको थियो । बुधबार पनि बजार ओर्लिने क्रमले निरन्तरता लिँदै नेप्से परिसूचक एक हजार ७०० अङ्क भन्दा मुनि अर्थात् एक हजार ६ सय ९६ बिन्दुमा ओरालो लाग्यो।

बजारमा कारोवारका हिसाबले अन्तिम दिन बिहीबार भने शुन्य दशमलव ३१ अङ्कको झिनो सुधार देखिएको थियो। १ सय २९ कम्पनीको १० लाख ६५ हजार ३ सय ५१ कित्ता सेयर खरिदबिक्री भएको बिहीबार ७० करोड ८० लाख ४२ हजार २ सय ९८ रुपैयाँ बराबरको कारोवार भएको थियो। साताभर कुल दुई अर्ब ८४ करोड ५३ लाख ५९ हजार बराबरको ४० लाख छ हजार ८ सय ९० कित्ता सेयर खरिद बिक्री भएका छन्।

– रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु