समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

हिमालतिर लम्किँदै १ हजार आरोही 

काठमाडौँ, कात्तिक २२ । शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि एक हजार ६९ जनाले आरोहण अनुमति लिएका छन्। यो मौसम (असोज र कात्तिक) पर्वतारोहणका लागि उपयुक्त भएकाले उल्लेख्य सङ्ख्यामा आरोही पर्वतारोहणका लागि जाने गर्छन्।

आरोहण अनुमति यो महिनाभर लिने भएकाले आरोहीको सङ्ख्या अझै बढ्ने पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जनाए।everest

तुलनात्मक रुपमा यो वर्ष कमैले आरोहण अनुमति लिएका छन्। विभागका अनुसार सन् २०१४ मा एक हजार ३ सय ८५ जनाले आरोहण अनुमति लिएका थिए। सन् २०१५ मा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) सहित दुई हजार ७ सय २० जनाले आरोहण अनुमति लिएका थिए।

यो मौसममा सर्वोच्च शिखर सगरमाथाबाहेक मनास्लु, कञ्चनजङ्गा, धौलागिरि, अमा दबलाङलगायतका हिमाल आरोहण गर्न आरोही गएका छन्। केही समूहले मनास्लु हिमाल आरोहण गरे पनि आधिकारिक जानकारी नआइसकेको विभागले जनाएको छ।

वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३ सय ७५ जनाले सगरमाथासहितका हिमाल आरोहण अनुमति लिएका थिए। जसमध्ये २ सय ८९ जनाले सगरमाथा आरोहण गरे। रासस

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु