समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

“पहिलो गीत मैले मेरो हातको औंठी बेचेर गरेको थिएँ” – योजना पुरी 

yojana-puri

मोरङमा जन्मेकी चन्चले स्वभाब तर गीत संगीतको उदयमान गायिका तथा पत्रकार योजना पुरी सानै उमेर देखि गीत संगीतलाई आफ्नो गायनको स्रोत बनाएकी छिन् । सानै उमेर देखि केहि गर्छु भन्ने भावना बोकेकी गायिका तथा संचारकर्मी योजना छोटो समयमा नै चर्चित गायिकामा पर्छिन् । मनै त हो मायालु, घारघुर मदानी, पहाडकी छोरी,साननानानि भन्छन् कोही मलाई, आजभोली ए शिवजी, डाली घास निगाली, झन्डै बिर्सेछु, तिमी भए चहकिलो घाम जिन्दगानी,घर होइन मन ठुलो भएको जस्ता गीतहरुबाट चर्चा कमाएकी गायिका योजनाको जिबन कहानी यस अनलाईन पत्रिकाका सहकर्मी रवि धितालले लिनु भएको उहाकै जिबन यात्राको तीतोसत्य घटनालाई जस्ताको तस्तै :-

योजना पुरी, गायिका तथा संचारकर्मी

योजना पुरी, गायिका तथा संचारकर्मी

० के मा व्यस्त हुनुन्छ ?

अहिले म फेशबुक लाइभ इन्टरभिउ लिन ब्यस्त छु । प्राय दिनै जसो ओयसनेपालमा आइरहेकी छु अनि दोस्रो एल्बमको तयारीमा पनि छु ।

० तिहार कस्तो भयो ?

तिहार रमाइलो भयो मेरो भाइ l  बाहिर भएकाले यसपाली टिका लगाइन अलि खल्लो भयो ।

० कलाकारितामा मात्र नभएर पत्रकारितामा पनि बेग्लै पहिचान बनाएर अगाडि बढिरहनु भएको छ, कसरी मिलाउनु भएको छ यो समय ?

मलाइ मन पर्ने क्षेत्र नै कलाकारिता र पत्रकारिता हो । मनपरे पछि समय मिलाउन खासै गाह्रो  हुन्न ।

० गायन क्षेत्रमा कहिलेबाट लाग्नु भयो ?

गाउन थालेको एक दशक भयो ।

० पहिलो गीत रेकड़िंगको अनुभव ?

पहिलो गित रेकड गर्दा रमाइलो पनि भा थियो डर पनि लाग्य थियो । पहिलो गीत मैले मेरो हातको औठी बेचेर गरेको थिए ।

० गायन क्षेत्रमा नै किन लाग्नु भयो ?

सानै देखीको भित्रि इच्छा  हो । म आफ्नो इच्छा बिपरित काम गर्न सक्दिन ।

2

० पछिल्लो समय कलाकार बन्न इच्छा भएका तर शिक्षा नभएकाहरू कलाकारितामा बढी छन् भन्ने आरोप छ, तपाईं कहाँनेर पर्नुहुन्छ ?

इच्छाले मात्र कलाकारिता काहाँ गर्न सकिन्छ र । म शिक्षा लिएर आएकी भएर निरन्तरता दिन सकेकी छु ।

० पछिल्लो समय कुन गीत बजारमा आउदै छ ?

अव आउन लागेको मेरो दोस्रो एल्बमबाट “नेपाल देश” भन्ने गीत चाडै आउने छ । जस्ले मेरो देशको प्रेम झल्काउने छ ।

० हालसम्म कतिवटा एल्बम र गीतहरू वजारमा छन ?

दुइओटा एल्बम र ३ दर्जन गितहरु आएका छन ।

० राजनीतिक क्षेत्रमा कतिको लाग्नु हुन्छ ?

म कुनै पाटीमा छैन् ।

० योजना आफुलाइ कस्तो गायिका भनेर चिनाउन चाहनुहुन्छ ?

म कस्तो भन्दा पनि सबै खाले गीत गाउन चाहाने र गाउने गायिका भन्न चाहान्छु ।

० जिवनको सबैभन्दा अमुल्य बस्तु के लाग्छ तपाइलाइ ?

जीवननै अमुल्य लाग्छ ।

14

० गीत सङ्गीत के हो  ? अहिले आएको गीतसङ्गीतको बिकृती प्रती के भन्नु हुन्छ  ?

हरेक कुरामा राम्रो नराम्रो भइहाल्छ के आवाश्यकता के को स्रोता दर्शकको त्यहि लिनुहोस भन्न चाहान्छु । राम्रो चिजलाइ हौसला र प्रेरण दिनुहोस् बिकृती ल्याएकालाइ खवदारी गर्नुहोस् ।

० कलाकार भएर बाँच्न सकिन्छ ?

कला भएका कलाकार बाँच्न सकिन्छ ।

० बिबाह कस्तो गर्नी मागी कि प्रेम ?

बिहे भन्ने चिज आफुले भनेर हुन्न रे सो हेरम के हुन्छ तर मलाइ लभ म्यारिज मनर्पछ ।

० सेक्स के हो ?

यसमा मेरो बुझाइ चाहि बिवाह पछिको एउटा पाटो हो ।

० पछिल्लो समय कलाकारितामा अलि ग्ल्यामरस बढिरहेको छ यसबाट आफूलाई कत्तिको पर राख्नुहुन्छ ?

समय अनुसारको कुराहरु परिवर्तन स्वीकार गर्न सक्छु तर छाडापन मलाइ मन पदैन ।

० परिवारको सपोट कतिको छ ?

राम्रो छ अहिले त । मेरो कामलाइ सम्मान गर्नुहुन्छ ।

० गीतसङ्गीत नभएको भए कस्तो हुन्थ्यो होला संसार ?

यो संसार हुदैन थियो होला ।

०  यति राम्री हुनुन्छ प्रेम प्रस्ताप गर्ने त धेरै हुनुन्छ छन होला प्रस्ताप राख्नेलाई के भन्नु हुन्छ ?
धन्यवाद मात्र भन्न सक्छु ।

०  अन्तमा के भन्नु हुन्छ ?

धन्यावाद मलाइ समेटनु भएकोमा । सबैको जय होस् ।

 

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु