समावेशी खबर र आवाजको संवाहक|Friday, May 26, 2017

 

loading...

14963643_10207683538342787_291675148_o

राजधानीबाट एक घण्टा पूर्वमा अबस्थित काभ्रे जिल्ला पर्यटकीय औधोगिक र व्यापारिक क्षेत्रले पनि अग्रणी जिल्लामा परिचित छ l काभ्रेमा पाँच नगरपालिका लगाएत चार निर्वाचन क्षेत्रहरु छन् l काभ्रे बाहिरिय पर्यटनका लागि पनि परिचित जिल्ला हो l काभ्रेको मुटु बनेपा शहरको केन्द्रमा भने फोहोर थुप्रिएको छ l तिहारको समयमा कार्यालय बन्द रहे पनि छुट्टी सकिएको आज २ दिन हुदासम्म पनि बनेपाको चारदोबाटोमा भने फोहोरको डङ्गुर छ l यहि फोहोरको डङ्गुर देखेपछि बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुलीलाई अनलाईन पत्रिकाकर्मी पुजन धितालले गरेको प्रश्नको जबाफ :-

महेश पराजुली कार्यकारी अधिकृत बनेपा नगरपालिकाका

महेश पराजुली
कार्यकारी अधिकृत
बनेपा नगरपालिकाका

० चारदोबाटोमै फोहोरको थुप्रो छ l तपाईहरु किन मौन हुनुहुन्छ ?

त्यस्तो हैन, हामीले नउठाउने भनेका छैनौ र मौन पनि छैनौ l छिटै उठाउछौ, दैनिक नै उठाउछौ l छुटेको हुन् सक्छ l

० फोहोर फ्याल्ने ठाउमा पनि विवाद छ भन्ने सुनुन्छ नि ? त्यसैले गर्दै फोहोर नउठेको हो कि ?

विवाद छैन l सानो ठाउँ छ विकल्प खोजिराका छौँ l त्यसैले गर्दा हैन, हामीले उठाउने निर्देशन दिएका छौँ कर्मचारी उठाउदैनन् l

० नगरपालिकाले दैनिक फोहोर सङ्कलन गर्न कति सवारी साधन र कति व्यक्ति परिचालन गरिरहेको छ ?

हामीले दैनिक २ वटा ट्याक्टर र स्थानीय १४ जना परिचालन गरिरहेका छौँ l

० फोहोर व्यबस्थापनमा नयाँ कार्यक्रम के छ ?

सड्ने फोहोरहरुलाई घर-घरमा छुट्याउने एउटा अभियान ल्याएर त्यो सड्ने फोहोरहरु दैनिक सङ्कलन गर्ने l त्यसै गरि प्लास्टिक जन्य फोहोर छुट्टाछुट्टै राख्ने र साप्ताहिक रुपमा उठाउने अभियान छ l

० बिदा सकिए पछि पनि फोहोर किन उठेन ?

हामीले दैनिक उठाउने निर्देशन दिएका छौ l शायद कर्मचारीले नगर्नु भएकोले हो l

पराजुली भन्छन् l  हामीले  फोहोर व्यबस्थापनमा नयाँ अभियान सहित अगाडी बढ्दै छौ l दैनिक फोहोर उठाउने निर्देशन र नियम भए पनि फोहोर भने चारदोबाटोमा नै छ l फोहोर थुप्रिनाले आम जनमानसमा पर्ने असर त छदैछ l नेपालमा भित्रिने पर्यटनमा पानी ह्रास आउन सक्छ l त्यसैले समयमै सम्बन्धित निकायको ध्यान आकर्षण हुन् जरुरी छ l

 

 

 

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु