समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

विश्वका घुम्नै पर्ने गन्तव्यमा नेपाल उत्कृष्ट पाँचौंमा 

काठमाडौँ, कार्तिक ११ । आगामी वर्षमा घुम्नै पर्ने देशहरूको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याति प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको हो । यो सूचीमा नेपाल पाँचौं नम्बरमा परेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

नेपालमा गएको भूकम्पले धेरै क्षति भए पनि धेरै बाँकी रहेको भन्दै लोन्ली प्लानेटले नेपाल घुम्न प्रेरित गरेको छ । उसले भनेको छ, “केही मठ मन्दिर भत्किए तर, धेरै भूभाग भूकम्पबाट प्रभावित छैन । जसमा लोकप्रिय पदमार्गहरू छन् ।”

नेपालसँग भत्किएका सम्पदाहरू पुनर्निर्माण गर्न सक्ने क्षमता र पूर्वाधार रहेको तर, यसका लागि आर्थिक स्रोत चाहिएको भन्दै उसले नेपाल भ्रमण गरेर पुनर्निर्माणमा सघाउन सकिने बताएको छ ।

२०१७ मा घुम्नै पर्ने ठाउँहरूको सूचीको पहिलो नम्बरमा क्यानाडा छ । कोलम्बिया दोस्रो, फिनल्यान्ड तेस्रो स्थानमा परेको छ । अस्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नै पर्ने देशहरूको सूची सार्वजनिक गर्दै आएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु