समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

कक्षा १२ को मौका परीक्षाको नतिजा कात्तिक भित्रमै आउने 

pकाठमाडौं, कात्तिक ६ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको उच्च मावि कक्षा १२ मा एक विषय लागेका विद्यार्थीको मौका परीक्षा सम्पन्न भएको छ ।

देशभरि तोकिएका ८७ केन्द्रमा ३३ हजार ५ परीक्षार्थी सहभागी भएका कक्षा १२ का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी ११ हजार विद्यार्थी अंग्रेजी विषयका थिए ।

त्यस्तै, अर्थशास्त्रमा ७ हजार, लेखामा ३ हजार ३ सयसहित अन्य विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले मौका परीक्षा दिएका छन् ।

मौका परीक्षाको नतिजा कार्तिक महिनाभित्रै आउने परीक्षा नियन्त्रक अर्यालले बताए ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु