प्रचण्ड र लोकमान दुवैमाथि एकैसाथ संकट

loading...

काठमाडौँ, कार्तिक ३ । ९ महिनाको समय लिएर म्याच फिक्सीङकै शैलीमा सत्ताको वागडोर सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अचानक उदियमान शक्तिका रुपमा राज्यका सवै निकायलाइ तह लगाउने हैसियतमा पुगेका लोकमान सिंह कार्की दुवैमाथि संकट सुरु भएको छ ।

दाहालको संकटमा दक्षिण दाहिने नभएको महशुस गर्न थालिएको छ । दाहालको दोस्रो सत्तारोहणमा गेम प्ले गर्ने दक्षिण असन्तुष्ट वन्नुको कारण वाहिर नआए पनि दिल्लीमा गरिएको २५ वुदेको कार्यान्वयनमा ढिलाइ, संविधान संशोधनको प्रकृया चाँडो अगाडी वढाउन नसक्नु , गोवामा चीनिया राष्ट्रपतिसंगको भेट र त्यसमै पनि त्रिदेशिय सम्वन्धको चर्चा दिल्लीका लागि अप्रिय भएको विश्लेषण गरिएको छ ।prahcanda_and_lokman_reunited

खासगरि गोवामा शि–दाहाल वान टु वान वार्ता संयोग नै भएपनि दिल्लीका लागि अनपेक्षित र अप्रिय भएको कुटनीतिक मामिलाका केहि जानकारहरुको विश्लेषण छ । त्यसैको परिणाम स्वरुप दाहालमाथि अव दिल्लीको चाहाना,मर्म र भावना अनुरुपको संविधान संशोधनकालागि दवाव सुरु भएको छ । चीनिया राष्ट्रपति शि संगको भेट्, रुस र चीनको अटुट सहकार्य, व्रिक्स सम्मेलनमा मोदीले पाकिस्तानवारे गरेको टिप्पणीमाथि रुस, चीन,व्राजिल र दक्षिण अफ्रिका आकर्षित हुन नसक्नु । विश्व शक्ति सन्तुलन नयाँ मोडमा प्रवेश गर्दै जानु, एशियाको दक्षिण भागमा क्षेत्रिय प्रभुत्व विरुद्ध चीन–पाकिस्तान–इरानको सहकार्य वढ्ने अवस्था देखा पर्नुले दाहाल क्षेत्रिय राजनीतिको हिसाव कितावको द्धिविधामा छन् ।

त्यसैगरि नाकावन्दी यता नेपालमा भारत विरुद्धको ठूलो जनलहर, केपी ओलिको अडान र स्कुलिङले उत्साहित तुल्याएको राष्ट्रवाद, अघोषित कार्यकारीका रुपमा काठमाडौंमा उपस्थिती जनाउने दिल्लीको दादागिरीले आजित जनतामा देखिएको आक्रोस आफ्नो विपक्षमा आउनसक्ने आँकलन लगायत सवै घटना परिघटनाले दिल्लीमा आफैले गरेको २५ वुदे सम्झौता कार्यान्वयमा दाहाल उदासिन देखिएको माओवादी केन्द्रका एकथरी प्रभावशाली नेताहरुको विश्लेषण छ । २५ वुदे कार्यान्वयनमा दाहाल उदासिन वन्दै गएको सुइको पाएपछि दिल्लीले मधेश केन्द्रीत दलहरुलाई दाहाल विरुद्ध उचाल्ने,त्यसमा काँग्रेसको एउटा हिस्साले चाँडै मधेश मुद्दाको समर्थनमा मुख खोल्ने र आगामी मंसिर भित्रै दाहालको सत्ता धरापमा पार्ने अभ्यासहरु शुरु भएका छन् । यसरी दाहाल संकटमा पर्दै छन् ।

अर्का चर्चित पात्र लोकमान सिंह कार्की पनि यतिवेला निकै ठूलो संकटमा छन् । दशैं तिहारको लामो विदा स्विकृत गरि विदेश भ्रमणमा निस्केका कार्की अनुकुल वातावरण नवनाइ नेपाल नफर्किने सोचमा छन् । सर्वोच्च अदालतका प्रधानन्याधिश शुसिला कार्कि विरुद्ध देखिएका अख्तियार प्रमुख लोकमान सिंह कार्की राज्यका अरु सवै निकायमाथि पकड जमाउन जसरी सफल भए त्यो भन्दा संवेदनशिल र संकटपूर्ण मोडमा छन् ।

न्यायपालिकाले लोकमान विरुद्ध निडर र निर्मम कदम चाले उनी सर्वोच्चमाथि विजय हासिल गर्नसक्ने अवस्थामा छैनन् । अरु विभिन्न शक्ति केन्द्रहरुको आड् भरोसा,सहानुभुति र समर्थन हुँदा हुँदै पनि न्यायिक प्रकृयाको जीवन्तता र सक्रियता एवं गरिमा र मर्यादालाइ कम्प्रमाइज नगर्ने अडान न्यायलयले कायम राख्यो भने उनी इतिहासकै गंभिर र डरलाग्दो अँँध्यारोतर्फ धकेलिने छन् ।

संसद भित्र उनी विरुद्ध उठेको आवाज, मिडियाको लगातार लखेटाइ, न्यायलयले गोहिकै शैलिमा समात्ने गरेको प्रयास र उनका तमाम कमजोरीलाइ प्रचण्डले चाहेर पनि वचाउन सक्ने ठाउँ छैन । यद्यपि नेपाल हो यहाँ कहिलेकाँहि नियम,कानुन र संविधानहरु समेत निरिह हुन्छन् र अदृष्य शक्तिहरुबाट अनपेक्षित म्याजिक पनि हुनसक्छ । यदि अदृष्य शक्तिको म्याजिकलाइ परास्त गर्न सकियो भने लोकमान जीवनको गहिरो भुमरीमा फँस्न सक्छन् ।

तपाईंको प्रतिकृया
Loading...