समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

नेपाल सेनामा २१०० भन्दा बढीलाई जागिरको स्वर्ण अवसर, साधारण लेखपढ गर्नेलाई पनि अवसर ! 

काठमाडाेँ, कात्तिक १ । नेपाली सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आवेदन मागिएको हो ।

जसमा सैन्य अर्थात सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको सेनाको वेब साइटले पनि जनाएकाे छ।

सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ ।

पदअनुसार फरक-फरक योग्यता तय गरिएको छ । इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको हो ।

कात्तिक ३० गतेसम्म  नेपाली सेनाका विभिन्न पृतना गणा र गूल्मबाट फारम बुझाउन सकिने छ।

कुन पदमा कति संख्यामा भर्ना गरिने ?

%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be-1%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be-2%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be3%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be4

घ. दरखास्त पेश गर्ने स्थान र मितिः

(क) स्थानः भर्ना केन्द्र श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाको हकमा जजंगी अड्डाको पश्चिम पट्टीको खेल मैदान र अन्य भर्ना केन्द्रहरुको हकमा सम्वन्धित भर्ना केन्द्र ।

 मितिः मिति २०७३/७/१  गतेदेखि अन्तिम मिति २०७३/७.३०  गतेको कार्यालय समय भित्र । साथै दरखास्त दर्ता गर्ने अन्तिम मितिबाट दोब्बर दस्तूर बुझाई थप दिन ७ (सात) मिति २०७३/८/७  गतेको कार्यालय समय भित्र दर्ता गर्न सकिन छ । अन्तिम मितिको दिन
सार्व जनिक बिदा पर्न गएमा सो भन्दा पछाडी कार्यालय खुल्ने दिन दर्ता गर्न सकिन छ ।

 दरखास्त दस्तुरः दरखास्त फाराम बुझाउंदा तल उल्लेख गरे अनुसार दस्तुर बुझाउनु पर्न छ । तर सोही बिज्ञापनमा एकभन्दा बढी समुहमा दरखास्त दिएमा प्रत्येक समुहका लागि २० % का दरले थप दस्तुर लाग्न छ ।

(क) लेखा जम.क. रु ३०० , सहायक पण्डित हुद्दा (स.प.हु.) रु २०० , अमल्दार कर्मचारी (अ.क.), रु १५० , सैन्य तथा सैन्य ड्राइभर  रु.१०० र सबै ट्रेडका फलोवर्स पदहरु (ब.का.सि., कुचिकार, लोहार, धोवी, केशकर्तक, वेटर, चर्मकर्मी)ः रु. १०० ।

आवश्यक शैक्षिक याज्ञता  । 

yogyetayogyeta1

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु