‘बम राख्नेलाई तत्काल कारवाही गर’

loading...

Bomb-असोज ४, काठमाडौं । हिसान, प्याब्सन र एन प्याब्सनले आज बिद्यालय क्षेत्रमा बम आतंक फैलाएकाहरुको कडा कारवाही माग गरेको छ । तत्काल कारवाही नगरे संयुक्तरुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ति निकालेर विद्यालयमा बम आतंक फैलाउनेलाई कडा कारबाहीको माग गरेका हुन् ।

प्रेस विज्ञप्ति लगत्तै रिपोर्टस क्लबमा गरिएको पत्रकार सम्मेलनमा उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको बताए । यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना हुनुमा शिक्षा मन्त्रालय दोषी देखिएका आरोप लगाए ।

काठमाडौँका स्कुल–स्कुलमा बम विस्फोटन गराउँने दुई पक्राउ 

 

बम राखेर आतंक मच्चाउने समूह पहिचान गरी तत्काल कारबाही गर्न प्रधानमन्त्री दाहालको निर्देशन 

 

बौद्वको २ स्कुलमा बम बिष्फोट, सानेपामा पनि बम भेटियो

 

तपाईंको प्रतिकृया
Loading...