समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

सानिमा बैंकले एक लाख ६८ हजार कित्ता हकप्रद सेयर बेच्दै 

काठमाडौं, २६ भदौ । सानिमा बैंकले एक लाख ६८ हजार ५ सय ३१ कित्ता हकप्रद सेयर बोलकबोलमा बेच्न लागेको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिएको हकप्रद सेयरमध्ये बिक्रि नभएको सेयरलाई बोलकबोलमा बेच्न लागेको बैंकले जनाएको छ । बैंकले असोज ९ गतेदेखि गतेसम्म आवेदन खुल्ला गरेको हो ।

बैंकले असार १२ गतेदेखि साउन १६ गतेसम्म २ बराबर एकको अनुपातमा निष्काशन गरेर गर्दा नबिकेको सेयर बोलकबोलमा बेच्न लागेको हो ।
सानिमाले एक करोड ५३ लाख एक हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । साधारण सेयरधनीका लागि निष्कशित सेयर मध्ये एक लाख ६८ हजार ५ सय ३१ कित्ता सेयर भने बिकेको थिएन् ।

बैंकले एक सय रुपैंयाँ मूल्य अंकित हकप्रद सेयरका लागि देशभरका आफ्ना शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयलाई आवेदन संकलन केन्द्रका रुपमा तोकेको थियो ।

बैंकले बोलकबोलमा हकप्रद सेयर खरिद गर्न तोकिएको अवधी भित्रै सानिमा क्यापिटलमा आवेदन दिन सक्ने जनाएको छ ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु