समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

कक्षा १२ को परीक्षाफल प्रकाशित, ७३.१३ प्रतिशत उत्तीर्ण (नतिजासहित) 

काठमाडौँ, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको नतिजा आइतबार साँझ सार्वजनिक गरेको छ । गत बैशाखमा भएको परीक्षाको नतिजा साँझ सवा ६ बजे सार्वजनिक गरेको हो ।

शिक्षा ऐन संसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछिको यो पहिलो नतिजा हो ।HSEB Examination Controlars Office

प्रकाशित नतिजामा नियमित तर्फ ७३ दशमलल १३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । निमित्ति परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार नियमिततर्फ कूल ४० हजार ६ सय ३ विद्यार्थीमध्ये कूल ३९ हजार ९ सय ५२ जना उत्तीर्ण भएउका छन् ।

त्यस्तै आंशिकतर्फ कूल ९ हजार ७ सय ८१ परीक्षार्थीमध्ये ४ हजार ४ सय १४ परीक्षार्थी अर्थात् ४५ दशमलब १३ प्रतिशत उत्तीर्ण भएका छन् । वर्षको तुलनामा यसपटक नियमित तर्फ २ दशमलब १२ प्रतिशत धेरै विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

नतिजा हेर्न HSEB टाईप  गरी एक स्पेस दिएर सीम्बोल नम्बर राखेर ३५००१ मा पठाउन सकिने छ ।

वा

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु